दुरगामी लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख न्यौपानेको भनाई

दमौली खबर संवाददाता

बिबि श्रेष्ठ

व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले दुरगामी लक्ष्यका साथ काम गरिरहेको दाबी गर्नु भएको छ । व्यास नगरपालिका वडा नं ५ मा आयोजित निस्सा वितरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले सो दाबी गर्नु भएको हो ।

जनतामा आवश्यकता अनगिन्ती हुने भएकोले सवै पुरा गर्न कठिन भएकोले त्यसले नकारात्मक धारणा आएको नगर प्रमुख न्यौपानेको भनाई थियो । आफ्नै अस्पताल बनाउन लागेको , नारेश्वरतालमा ताल निर्माण गर्न लागिएको, व्यास नगरपालिकाको पुरानो भवन भत्काएर व्यावसायिक भवन वनाउने कार्यमा जुटेको नगर प्रमुख न्यौपानेले वताउनुभयो । ‘७५ करोड अनुदान लिएर पराशर मार्ग, माहिन्द्रीमार्ग को निर्माण कार्यलाई पनि अगाडी वढाएका छौ, नगर प्रमुख न्यौपानेले भन्नुभयो, ऐतिहासिक तनहुँसुर जाने मोटरबमार्ग कालोपत्रे गरेका छौ’’।

सानो सानो योजनामा पनि नगरपालिकामा आउने प्रवृक्तिले परनिर्भरता वढेको समेत न्यौपानेको भनाई थियो । नगरपालिकाले कुनै पनि आग्रह पुर्वाग्रह नराखी काम गरेको समेत वहाँले दावी गर्नुभयो । मानुङको विकासमा वाटो पुर्णता नभएको हुदाँ त्यसलाई समेत पुर्णता दिने गरि योजना वनेको, चिन्तुटार र परेवाडाँडा जोड्ने पुल हामी निर्वाचित भएर आएपछि त्यसलाई गति दिएको, चिन्तुटारमा औद्योगिक ग्राम वनाउन लागिएको तर हामीले मात्र गर्न नसक्ने हुदाँ त्यसका लागी केन्द्र र प्रदेशमा पहल समेत गरिएको नगर प्रमुख न्यौपानेले वताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button