अर्थान्तरन्यास अलङ्कार ( अभ्यास)

अनुष्टुप छन्द
अर्थान्तरन्यास अलङ्कार
( अभ्यास)
फलेर फल अर्काकै उपकार सधैँभरि
गर्छन् छैन कुनै इच्छा दिनमा सूर्यका सरि।।१

जन्मले मात्र बन्दैन ठुलो मान्छे रवाफले
कालिदास थिए मूर्ख बने ज्ञान प्रभावले।।२

कागती अमिलो हुन्छ गुनिलो तर पेटको
खस्रो बोलेर विद्वान्ले बिझाउन्न भलो न हो।।३

खस्रो वचन आमाको सुनिन्छ तर अमृत
ऐँसेलु बोटले घोच्छ दिन्छ तर मिठा फल।४

रूपले स्वाद जानिन्न सुन्तला काली ज्यामिर
विद्वान् र मूर्खमा यस्तै भिन्नता हुन्छ हुन्न र!।५

कठोर दिलमा जान्दा हुन्छन् स्वादिष्ट भावना
नरिवल कडा हुन्छ गुदीले दिन्छ चेतना।।६

परोपकारिता नम्र स्वभाव जानियो भने
दम्भ हृदयमा आए समाप्त हुन्छ त्यो पनि।७

दम्भ पलाउँदा नास अरूको हुन्न आफू कै
रामरावणको युद्ध प्रत्यक्ष छ प्रमाण त्यै।८

ठुलो हुङ्कार गर्नाले स्वयं नै सकिने न हो
खहरे गर्जना गर्छ नदी पुग्दा विलीन भो।९

लोभीले धनको चिन्ता दिन रात गरे पनि
धन भोग्दछ अर्कैले मौरीको महझैँ गरी।१०

अरूको हित गर्नेले जस्तै कष्ट भए पनि
स्वभाव त्याग्न सक्दैनन् फलवृक्ष समान नै।।११

सहजै मिल्न सक्दैन असली चीज दु:खले
गुलाबपुष्प चाहेमा काँडाले हात घोचिए।।१२
हरिप्रसाद रिमाल,

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button