प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैनः राष्ट्रियसभा सदस्य

राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् ।‘राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन् । सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद्भ वनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरिन् ।

सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैं आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरिन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button