एन्फा तनहुँद्वारा आयोजित चार दिने कम्युनिटी कोचिङ्ग कोर्ष सम्पन्न

दमौली खबर संवाददाता

भीमाद, फाल्गुन २२

अखिल नेपाल फुटबल संघ तनहुँद्वारा आयोजित चार दिने एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष सम्पन्न भएको छ । १८ गते देखि शुरू भएको कोचिङ्ग कोर्ष आईतबार समापन भएको हो । आज जनज्योति क्याम्पसमा आयोजित

समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य जीत प्रकाश आलेले प्रशिक्षित खेलाडीहरूलाई प्रशिक्षणको क्रममा लिएको शिप र अभ्यासहरुलाई दैनिक जीवनमा लागु गर्नुपर्ने सुझाव दिनुभयो ।

आलेले नेपालमा खेलकुद क्षेत्रमा सम्भावना विकास भई रहेकाले खेलाडीहरूलाई निराश हुन नहुने बताउनुभयो । एन्फा नेपालका पूर्व केन्द्रीय सदस्य रत्न कुमार श्रेष्ठ , एन्फाका हेड अफ कोच एजुकेशन सञ्चित सिंह , भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी , नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाका सभापति अरविन लगायतले प्रशिक्षित खेलाडीहरूलाई व्यवसायिक क बनेर खेलकुद साथै फुटबल क्षेत्रप्रति लागि पर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा तनहुँ , गोर्खा,स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह , प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

यस्तै सो अवसरमा १७ वर्ष मुनिका राष्ट्रिय खेलाडीहरू लछ्छु थापा , राम थापा साथै २० वर्षका मुनिका राष्ट्रिय पुरुष खेलाडी निरञ्जन मल्ल र महिला खेलाडी बिमला विकलाई कदरपत्र र प्रतिव्यक्ति ५ हजारका दरले सम्मान गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिनुभयो । यस्तै उनले एन्फा तनहुँले खेलाडीहरूको खेल कौशल वृद्धि गर्नका लागि आगामी दिनमा अझ उत्कृष्ट क्रियाकलाप गर्दै जाने पालिखेको भनाई थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button