शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी

दमौली खबर संवाददाता

दमौली, फागुन २२

तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ ।

रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट,चन्द्रमणि कोइराला र रसामाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि प्रयाश भई रहे पनि अध्यक्षका आकांक्षी भट्टराईले मैदान नछाड्ने घोषणा गर्नु भएको थियो । ‘शिक्षक संघ तनहुँको नेतृत्व शिक्षक स्वयमले नै छान्न पाउनु पर्छ आजबाट टिके प्रथाको अन्त्य गरौं’’ भन्दै भट्टराईले उद्घोष गरेपछि निर्वाचन हुने सम्भावन बढेको हो ।

महिला उपाध्यक्षमा लक्ष्मी मल्ल र शान्ता बास्तोलाको परेको छ । खुला उपाध्यक्ष शिवलाल पन्थ, रामदत्त पौडेल र अशोकचन्द्र वाग्लेको उम्मेदवारी परेको छ । सचिवमा नरेन्द्र न्यौपाने, दीपक न्यौपानेको परेको छ । सचिव अर्थमा राजु ढकाल, कृष्ण तिवारीको परेको छ सहसचिव खुलमा विजयराज खनाल, दयाराज कट्टेल, गोविन्द खड्का खेमराज रेग्मी, सहसचिव अर्थ रिसीमाया रानामगर र सहसचिव महिला शारदा अधिकारीको उम्मेदवारी परेको छ । सहसचिव समावेशी नन्द थापामगर, विष्णुप्रसाद श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ र तुलबहादुर गुरूङको परेको छ खुल्ला सदस्यहरुमा केशवराज घिमिरे, बुद्धिबहादुर बराली, तिलकबहादुर खड्का, नारायण बानिया, लालमणि पौडेल,रामसिंह गुरुङ दुरा, देवराज अधिकारी, गोविन्दप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । महिला सदस्यमा तिलिसरा थापाको परेको छ ।

प्रदेश प्रतिनिधिमा श्रीकृष्ण आचार्य, गणेशकुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, अर्जुन अधिकारी, दधिराज शर्मा र ज्ञानेन्द्र जिसी, युवराज शांखी, हरिभक्त सुवेदी गोपीकृष्ण तिवारी,कविराज खनाल, दिनेश थापा, हरिश्चन्द्र अधिकारी परेको छ । प्रदेश प्रतिनिधि महिलामा विष्णुकुमारी बाँनियाले दर्ता गर्नु भएको छ । संघीय प्रतिनिधि खुलामा लोकराज सेढाई, रामचन्द्र पोख्रेल आर सि, पदम खनाल, रोहिणीराज पौडेल, वीरबहादुर गुरुङ, नारायणप्रसाद अधिकारी, प्रमोद न्यौपाने, अनिल श्रेष्ठ, ओजराज बगाले, तेजबहादुर गुरुङ, नारायणप्रसाद पोखरेल, पिताम्बर सिग्देल र सतार मिया, उम्मेदवारी परेको छ । संघीय प्रतिनिधि महिलामा कल्पना परियार, बिन्दु पन्त, सुलोचना पण्डितको परेको छ । शिक्षक संघको यही फागुन २४ गते दमौली स्थित सत्यवती माविमा निर्वाचनको मिति तोकिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button