महायज्ञमा विहिबार मात्रै २६ लाख रकम संकलन, दान गर्नेको संख्या बढ्दो

चार वेद अठार पुराणका रचयीता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादि वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माणार्थ दमौलीमा संचालित श्रीमद्भागवात विराट ज्ञान महायज्ञमा दान दाताको संख्या थपिदै गएको छ ।

एक सय ८ फिट महर्षि वेदव्यासको निर्माण गरि व्यास क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा प्रर्वद्धन सहितका लक्ष्य राखेर सञ्चालन भएको महायज्ञमा चार दिनमै ५१ लाख ५० हजाररुपैया भन्दा बढी संकलन भएको छ । विहिबार मात्रै २६ लाख ५० हजार रकम संकलन भएको छ । विहिबार सम्म मात्र सबै भन्दा धेरै रकम दान गर्ने तनहँु उद्योग वाणिज्य संघ र दमौली बजार ईकाईले पाँच लाख रकम दान गरेको छ ।

त्यस्तै बाबुराम पुरी र शिव पुरीले ५ लाख एक सय ८ रुपैया, ससेर पुरीले एक लाख आठ हजार ६ सय ५६, व्यास ४ का नवराज श्रेष्ठले एक लाख ८ हजार एक सय २५, विष्णुभक्त न्यौपानेले एक लाख ८ हजार एक सय ८, व्यास १ का मदन प्रसाद पण्डितले एक लाख एक हजार एक सय ११ रुपैया रकम दान गरेका छन् ।

व्यास क्षेत्रमा महर्षिवेदव्यासको मुर्ति निर्माण गरि आकर्षक धार्मिक पुर्वाधार बनाउने गरि माघ २० गते देखि दमौलीको व्यास ३ स्थित अनसन चौतारीमा ९ दिने श्रीमद् भागवत सप्ताह विराट महायज्ञ आयोजना गरिएको हो । व्यास क्षेत्रलाई धार्मिक महत्त्व बढाउन एक सय ८ फिट अग्लो मुर्ती निर्माण र विभिन्न पूर्वाधार निर्माण गर्न आयोजना गरिएको महायज्ञको उद्देश्य अनुसार सबै कुरा सफल भएको मुल आयोजक समितिका संयोजक अशोककुमार श्रेष्ठले बताए ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । व्यास(३ स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको व्यास मूर्तिसहित सबै संरचनाका लागत करिब ६२ करोड ८५ लाख ५ हजाररुपैयाँबजेटअनुमान गरिएको
छ । महायज्ञबाट पाँच करोड रकम संकलन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । अठारपुराणका वक्ता पण्डित नारायणकृष्ण चरणामृतको प्रमुख बाचकत्वमा सोमबारदेखी शुरु भएको महायज्ञमा बिहीबारसम्म चल्ने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button