सुकु मृत्युकाण्डमाः श्रीमान र देवरलाई थुनामा चलान

व्यास नगरपालिका–१० शेवरमा भएको सुकु मृत्युकाण्डमा उनका श्रीमान र देवर पुर्पक्षका लागि थुनामा रहेका छन् । जिल्ला अदालत तनहँुले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।शेवरमा डेरा गरि बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मुत्यु भए लगतै पिडित पक्षलेहत्या भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यस लगतै प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको हो । अनुसन्धानको क्रममा श्रीमान र देवरलाई पुर्पपक्षको लागि थुनामा चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख अरुण पौडेलले जानकारी दिए । उनका अनुसार नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाएको छ ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button