व्यास नगरपालिकाको युवाहरु सँग भर्चुअल बैठक, कोरोना नियन्त्रणमा समन्वयको खाँचो

व्यास नगरपालिको युवा क्लब संजाल र व्यासनगर युथ काउन्सीलको संयुक्त आयोजनामा कोभिड १९ नियन्त्रण र स्थानिय विकासमा अन्र्तराष्ट्रिय क्लबहरुको भूमिका विषयमा भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले कोरोना नियन्त्रण गर्नको लागि समन्वयको खाँचो रहेको बताएका छन् । उनले दमौलीमा रहेका सबै क्लब तथा संघ संस्थाहरु सँग समन्वय गरि कोरोना नियन्त्रणमा अघि बढ्ने योजना राखेको बताए ।

उनले भने,“ महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण गर्न स्थानिय संघ संस्था सँग समन्वय गर्ने योजना राखेका छौ । ” कोरोना नियन्त्रणमा नगरपालिकाले गरेको कार्यको बारेमा बताउदै उनले कोराना नियन्त्रणमा सबैको आवश्यकता परेको बताए । उनले छिमेकी पालिका बाट कोरोनाको जोखिम बढेको बताउदै सावधानी अपनाउदै नगरपालिका कोरोना नियन्त्रणमा अघि बढेको बताए । उनले भने,“छिमेकी पालिका बाट कोरोना सामुदाय स्तरमा फैलियो ।छिमेकी पालिकालाई आवश्यक परेको बेलामा साथ र सहयोग पनि गरेका छौ । ” नगरपालिकाले कोरोना नियन्त्रण गर्न व्यास ३ स्थित रहेको पुरानो कृृषि विकास बैंकमा आईसोलेसन भवन निर्माण गर्ने कार्य अघि बढेको उनले बताए । उनले दमौलीमा रहेका क्लबहरुले कोरोना महामारीमा गरेका कार्यहरुको प्रंशसा गदै उक्त कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

नगरप्रमुख न्यौपानेले कोरोनाको महामारीले नगरपालिकाको तीन करोडको आम्दानी घटेको बताए । त्यस्तै युवा अभियान्ता अपार पौडेलले सबै क्लबहरु नगरपालिका सँग मिलेर कोरोना नियन्त्रणमा लाग्नु पर्ने बताए । उनले भने,“दमौलीमो दजनौ क्लबहरु छन् । सबै क्लबहरुलाई एउटै टिम बनाएर नगरपालिकाले काम गर्न आवश्यक छ । ” उनले थपे,“ नगरपालिकाको पहिचान बनाउनको लागि सबै क्लब एकजुट भएर लाग्न आवश्यक छ । ” लायान्स क्लब अफ नेपाल ३ सय २५ बी १ का पूर्व डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठले क्बलले शिक्षा, स्वास्थ्य र पर्यावरण क्षेत्रलाई प्राथमिकतामा राखि काम गदै आएको बताए । उनले भने, “मुख्य शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर क्लबले काम गदै आएको छ ।

यी क्षेत्रको लागि काम गर्न कुनै माग आएमा हामी सहयोग गर्न तयार छौ । ”त्यस्तै कार्यक्रममा बोल्दै शिक्षाकर्मी बिना कैनीले दमौलीमा रहेका क्लबहरुले सामाजिक कार्य गदै आएको बताईन् । उनले कोरोनाको महामारीमा सबै ठाँउमा क्लबहरुले सचेतना मुलक कार्यहरु गर्नु बताए । कार्यक्रममा दमौलीमा रहेका क्लबहरुले कोरोना महामारीमा गरेका सामाजिक कार्यहरुको बारेमामा बताएका थिए । उक्त कार्यक्रममा दमौलीका लायन्स क्लबहरु, रोट्रयाक्ट,रोटरी, जेसिआई व्यास नगर, लियो क्लब, टिम नेपो लगायका क्लबहरुको सहभागिता रहेको थियो । व्यास नगरपालिको युवा क्लब संजालका अध्यक्ष गौरब पन्थले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबकी सदस्य सुनिता आर्चायले राखेकी थिईन् । उक्त कार्यक्रममा व्यासनगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मी, सविधान सभा सदस्य रामचन्द्र पोख्रेरेल लगायत क्लबका प्रतिनिधिहरुले आ–आफनो मन्तव्य राखेका थिए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button