नागरिक सचेतनामुलक सन्देश कार्यक्रम गरि रेडक्रसले मनायो ५८ औं स्थापना दिवस

मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५८ औं स्थापना दिवस तनहँु शाखाले मनाएको छ । शाखाले ५८ औं स्थापना दिवसको अवसरमा नागरिक सचेतनामुलक सन्देश कार्यक्रम आयोजना गरि दिवस शुत्र,बार मनाएको छ । कोरोनाको महामारी रहेको भन्दै सिमित व्यक्तिहरु उपस्थितीमा कार्यक्रमको सुरुवात गरिएको थियो । उक्त कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी सागर आर्चायले गरे ।

५८ औ नेपाल रेडक्रस दिवसको उपलक्ष्यमा रेडक्रस प्रेमीहरुलाई बधाई ज्ञापन गदै उनले कोरोनाको महामारी रहेको बेलामा पनि बाढी पहिरोका पीडितलाई मल लगाउन पनि सफल भएको भन्दै खुलेर प्रशांस गरे । उनले भने,“जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मुल नारा रहेको नेपाल रेडक्रस सोसाईटीले आफनो नारा अनुसार काम गरिरहेको छ । ” उनले थपे,“रेडक्रसको आधारभुत ७ सिद्धान्त अनुसार पिडितको दुःखमा मल लगाउन सोसाईटी सफल भएको छ । ” उनले आफनो ७ सिद्धान्तको साथमा आगमी दिन पनि आफनो कार्य गर्न तर्फ अघि बढ्ने छ भन्ने विश्वास व्यक्त गरे । रेडक्रस शाखाले दिवसको अवसरमा कोरोनाको महारी रहेको भन्दै सबैलाई सचेत गराउन सचेतना मुलक सन्देशको सहित प्रचारप्रसार अभियान गरेको हो । रेडक्रसले तनहँुको शुक्लागण्डकी नगरपालिकाको कोत्रे देखि आँबुखैरेनीको पुलजीप सम्म कोरोना विरुद्ध अपनाउनु पर्ने सचेतना मुलक सन्देश प्रचार गरेको थियो । कोरोनाको महामारी रहेकाले सिमित व्यक्तिहरु बीचमा दिवस मनाईएको रेडक्रस सोसाईटी तनहँु शाखाका सभापति कृष्णहरि वाग्लेले बताए । उनले भने, “ विश्वलाई नै आतंक पारेको कोरोना भाईरस कोभिड १९ ले नेपाल पनि अछुतो रहेको छैन । यस्तो महामारीमा सीमत व्यक्तिहरुको बीचमा दिवस मनाउद बाध्य भएका छौ ।

” उनले थपे,“महामारीको बीचमा हामीले कोरोना भाईरस विरुद्ध अपनाउनु पर्ने सन्देश प्रचार गरेर दिवस मनाएका छौ । ” शाखाका सभापति वाग्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सोसाईटीका कोषाध्यक्ष हरिशरण पण्डित, उप–कोषाध्यक्ष शुकुमलाल गुरुङ,शाखा अधिकृत करुणानिधि भटटराई लगायतको उपस्थितमा कोरोना विरुद्धको अपनाउनु पर्ने सन्देशको प्रचार गरिएको शाखाकी मन्त्री चिनु पोख्ररेलले जानकारी दिईन् ।

दुम्सीकोटमा समुदायिक एम्बुलेन्स सेवा

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले समुदायिक एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ । व्यास नगरपालिका वडा नम्बर १० मा रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले आगामी आठ महिना भित्रमा सेवा सुचारु गर्ने उद्देश्यकासाथ सामुदायिक एम्बुलेन्स सेवा अभियानको शुभारम्भ गरेको हो । नेपाल रेडक्रस सोसाइटी को ५८ औं स्थापना दिवसको अवसरमा व्यास १० दुम्सीचौरको एक कार्यक्रमकाबीच केन्द्रीय सदस्य प्रदीप घिमिरेद्वारा अभियानको शुभारम्भ गरिएको हो ।

असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने मूल नाराका साथ शुभारम्भ गरिएको अभियानलाई साथ दिन रेडकस केन्द्रीय सदस्य प्रदीप घिमिरे, वडा नं १० का अध्यक्ष तुलसीराम सापकोटा जिल्ला सभापति कृष्णहरि वाग्ले, वडा सदस्यहरु, वडा भित्रका संघसंस्था, समुदायिक वन, विद्यालय, युवाक्लब, आमा समूह, छिमेकी उप शाखाहरु एवं स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो अभियानको शुभारम्भ गर्दै केन्द्रीय सदस्य घिमिरेले आफूले यस अभियानलाई सफल बनाउन केन्द्रीय कमिटीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने र खरिद प्रक्रियामा केन्द्रमा रहेर सहयोग पुर्याउने बताएका थिए ।

रेडक्रसको विधानमा धेरै त्रुटिहरु पाइएकाले विधानको शुद्धीकरणको कार्य पुरा भएपछि रेडक्रस पुनः क्रियाशील रहने बताएका थिए। कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष तुलसीराम सापकोटाले सबैको अपनत्व हुने गरी अभियान सूचारु गरी सामुहिक सेवाका लागि समुदायमा आधारित सेवा भएकाले सम्पूर्ण व्यक्ति एवं संस्थाहरुले खुला हृदयले सहयोग गर्न आह्वान गरेका थिए। महान अभियानको सफलताको कामना गर्दै जिल्ला सभापति कृष्णहरि वाग्लेले रेडक्रसले गर्ने चारवटा क्षेत्रहरु संगठन बिकास, बिपत ब्यबस्थापन, सामुदायिक स्वास्थ्य एवं हेरचाह र अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत हाल विपद् व्यवस्थापन र सामुदायिक स्वास्थ्य सेवामा सक्रिय रहेको सन्दर्भमा एम्बुलेन्स सेवा एक उदाहरणीय कार्य भएको विचार व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई स्वागत गर्दै अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले शुभारम्भ पश्चात आजबाटै रकम संकलनको आह्वान गरे पश्चात कार्यक्रम स्थलमा नै तीन लाख बीस हजार भन्दा बढी रकम संकलन गरिएको अर्थ संकलन समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button