बेपत्ता परिवारजनको बिलौना सुनौं
नेपालमा सुरु भएको सशस्त्र द्धन्दमा १७ हजार मानिसहरु मारिए । ठुलो संख्यामा बेपत्ता भए । माओवादी शान्ति पक्रियामा आएको पनि धेरै समय भई सक्यो । २०५२ सालमा सुरु भएको सशस्त्र द्धन्द्धमा परि लास र शास दुवै नपाउँद थुप्रै व्यक्तिहरु वेपत्ता सूचीमा छन् । मारिएको हो भने उनिहरुको शव उत्खनन् गरेर भएपनि परिवारलाई जिम्मा लगाउनुपर्छ । अवस्था थाहा पाउनु पर्ने उनिहरुको अधिकार पनि हो । अन्तर्राष्ट्रिय वेपत्ता दिवस हालै मनाईएको छ । अवसरमा नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा बुधबार दमौलीमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा वेपत्ताका परिवारजनले आफ्ना व्यक्तीहरुलाई वेपत्ता पारिएका भन्दै खोजीदिन १० वर्ष जनयुद्धका बेला तनहुँ जिल्लाका २१ जना मानिसहरु वेपत्ता भए पनि धेरैले सो सूचीबाट नाम निकाली सकेका छन । अहिले भने जिल्लाका १४ जना वेपत्ताको सूचीमा छन् । यो हुनु भनेको दुभाग्र्य हो । आफ्नो मान्छे बेपत्ता हुँदा कस्तो हुन्छ पिडा भोग्नेलाई मात्रै थाहा हुन्छ । नेपालीमा भनाई छ आफू नमरी स्वर्ग देखिदैन । त्यस्तै पिडा हुनेलाई थाहा हुन्छ कस्तो हुन्छ भन्ने । वेपत्ताको खोजीको लागि विशेष गरी सरकारले नै चासो दिनु पर्छ । सरकारको कार्यलाई अरुले मद्धत गर्नुपर्छ । पीडितको बिलौना सुनेर उहाँलाई मलम लगाउने काम लाग्नु सरकारको कर्तव्य हो । वेपत्ता परिवारलाई राज्य दिने सुविधाहरुमा थप गर्न पनि ध्यान दिइनु जरुरी छ ।