व्यासका मेयरको काम प्रति प्रश्न उठाउदै नेकपा वडा सचिव आले


दमौली
नेकपा वडा १ सचिव तथा युवा संघ तनहुँका सदस्य बादल आलेले व्यासका मेयर बैकुण्ठ न्यैपानेका काम प्रति प्रश्न गरेका छन् । व्यास नगरपालिकाका मेयरले अरु स्थानीय तह अनुरुप व्यासमा पर्यटकीय क्षेत्रमा काम गर्न नसकेको आलेले बताएका छन् । आलेले व्यासका आसपासका स्थानीय तहमा विभिन्न पर्यटकलाई आर्कषण गर्ने बिकासका काम भएको तर व्यासमा भने पर्यटन आर्कषण गर्ने काम केही नभएको उल्लेख गर्दै मेयर साहवले के गर्नुभयो खै भन्दै प्रश्न गरेका छन । उनले सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ।

‘मिनि ग्रेट बाल’ बन्दिपुरमा,
‘केवलकार’ बन्दिपुरमा
र ‘साइकल लेन’ पनि बन्दिपुरमा ।
व्यासमा के छ, खै ?
मेयर साहवले के गर्नु भयाे खै ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button