विद्यार्थीको स्वास्थ्यप्रति सजकता अपनाउनु उपयुक्त कदम

दमौली खबर संवाददाता

आजको बालबालिका भोलीका कर्णधार हुन् । भोलीका कणधार बालबालिका शारिरिक र मानसिक दुवै स्वस्थ्य हुनु पर्दछ । नागरिक निरोगी भएन भने देशलाई निरोगी बनाउन कठिन हुन्छ । निरोगी मानिसले राम्रोसँग देश हाक्न सक्छ । बेलैमा स्वास्थ्य प्रति सजकता अपनाउन सकियो भने मात्रै सफलता हात लाग्छ । सफलता प्राप्त गर्नको लागि विद्यालयमै बालबालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था गरिनु पर्दछ । दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविरबाट सात हजार विद्यार्थी लाभाविन्त भएका छन् । इटालियन र नेपाली चिकित्सकद्वारा सो सख्यामा स्वास्थ्य परीक्षण हुनु निकै खुसीको कुरा हो । मुटु सबैभन्दा संवदेनशिल भएकोले त्यसतर्फ ध्यान दिनु उपयुक्त कार्य हो । वैशाख १५ र १६ गते व्यास नगरपालिकाको आयोजना तथा सेभ द हट काठमाडौंको प्राविधिक सहयोगमा आयोजित २ दिने निःशुल्क शिविरमा ति व्यक्तिहरुको मुटु रोग सम्बन्धी परीक्षण गरिएको बताईएको छ । मुटु परिक्षण मात्रै नभई आगामी दिनमा नगरपालिकाले अन्य रोगको पनि परिक्षणको व्यवस्था गर्न झन् राम्रो हुन्छ । यस्ता शिविरले रोग लागेर पनि उपचारबाट बञ्चित बालबालिकालार्य धेरै लाभ दिन्छ । साथै समयमै उपचार गरियो भने स्वास्थ्यको जोखिम कम हुनुका साथै कम खर्चमै उपचार गर्न सकिन्छ । अतः यो परिक्षण कार्य निकै प्रशंसनीय छ । आगामी दिनमा पनि यस्ता शिविर गर्नुपर्दछ । साथै सहरी विद्यालय मात्रै नभई गाउँका दुर दराजका विद्यालयमा पनि पहुँच पु¥याउनु उपयुक्त हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button