वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि तनहुँमा खेलाडी छनोट हुने

दमौली खबर संवाददाता
दमौली, १५ कात्तिक। जिल्ला क्रिक्रेट सङ्घ तनहुँले वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने भएको छ । मङ्गलबारबाट छनोट प्रक्रिया शुरु गरिने जिल्ला क्रिक्रेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा चौधरी गु्रपको प्रायोजनमा वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मङ्सीर ४ गतेबाट शुरु हुने भएकाले खेलाडी छनोट गर्न लागिएको हो । व्यास नगरपालिका–५ पाटन,दमाली स्थित खेल मैदानमा खेलाडी छनोट गरिने र छनोटमा भएका खेलाडीले गण्डकी प्रदेश स्तरीय प्रतियोगिताको लागि पोखरामा भाग लिन पाउने संयोजक अमित कैनीले जानकारी दिनुभयो । प्रदेशमा छनोट भएका खेलाडीले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने छन् ।


क्यानले कात्तिक १९ गतेभित्र जिल्ला टिम तयार गरी कात्तिक ३० गतेभित्र प्रादेशिक प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यक्रम तयार गर्न भनेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जन्म मिति २०५९ साल भाद्र १६ गते अर्थात १ सेप्टेम्बर २००२ देखि यताको हुनुपर्ने क्यानले जनाएको छ । क्यानले यू–१९ राष्ट्रिय टिम र प्रतियोगिता आयोजना गर्नका लागि गत चैतमा चौधरी ग्रुपसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button