व्यास नगरपालिकाद्धारा गर्भवती महिलालाई पाँच हजार पोषण भक्ताको सुविधा

दमौली खबर संवाददाता

तनहुँ, फागुन १५

तनहुँको व्यास नगर पालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम प्रदान गर्न थालेको छ ।

कुपोषण मुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन पोषण रकमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गर्भवती महिलाहरुलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने मूख्यले रकमको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो ।

स्वस्थ्य वच्चा जन्मन आमा निरोगी आवश्यक हुने गर्भवती चरण देखि नै महिला कमजोर हुनेहुँदा महिलालाई पोषिलो खानाको आवश्यक भएकोले पोषण भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो । विशेष गरी आर्थिक विपन्नता भएको स्वास्थ्य जोखिम नहोस् भनेर कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख न्यौपाने वताउनुहुन्छ ।

नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य सस्थाबाट कम्तिमा ३ पटक (४, ६ र ८ महिना) जाँच गरेको गर्भवती महिलालाई ८ महिनाको गर्भ भएपछि पाँच हजार रुपियाँ प्रदान गरिने महिला, बालिका तथा समाजकल्याण शाखाको अधिकृत राधा आचार्यले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत वडा नम्बर ११, १२, १३ र १४ का आठ जना गर्भवती महिलालाई रकम प्रदान गरि सकिएको छ । चालु आर्थिक वर्षमा दुई सय जना गर्भवती महिला लाभान्वित हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिकामा स्थायी बसोबास गर्ने महिलाले मात्रै यस्तो सुविधा प्राप्त गर्ने आचार्यले बताउनुभयो । गर्भवती महिला पोषण कार्यक्रम (महिलासँग उपप्रमुख ) अन्तर्गत चालु आर्थिक वर्षको लागि १० लाख रुपियाँ विनियोजित गरिएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button