● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

गाँउ डुल्ने संक्रमीतलाई पाँच हजार जरिवाना

होमक्वारेन्टिको मापदण्ड पालना नगरि गाउँ डुल्दै हिँडेका एक संक्रमीत युवकलाई शुक्लागण्डकी नगरपालिकाले जरीवाना गरेको छ । सोमबार कोरोना सङक्रमण पुष्टि भएका शुक्लागण्डकी नगरपालिका–११ का २३ वर्षीय युवकलाई पाँच हजार रुपैयाँ जरीवाना तोकिएको हो । भारतीय सेनामा कार्यरत ती युवा बिदामा घर आई होम क्वारेन्टिनमा बसेका थिए । ।शुक्रबार पिसीआर परीक्षणका लागि स्वाब दिनुभएका ती युवकले …

Read story ↗
DFMNEWS
Uncategorized

तरकारी बेचेर गणीत हिसाब सिके

व्यास नगरपालिका वडा नं ३ स्थित महर्षिचोकमा एक चौतारा छ । चौतरामा बसेर एउटी सानी नानीले तरकारी पसल थापेकी छिन् । त्यो पसलमा तरकारी मात्रै होइन, फलफूल पनी छ । हरेक ग्राहकसँग उनले डिल गर्छिन् । कहिले भाउ मात्रै सोध्ने गाहक आउँछन् । केहिले किन्ने गा्रहक आउँछन् । सबै ग्रहाकसँग उनले उसै प्रकारले डिल गर्छिन् …

Read story ↗
DFMNEWS
Uncategorized

घर फर्किएका युवा गाउँमा बेल्चा चलाउँदै

व्यास ६ क्रियापानीका सुनिल श्रेष्ठ भारतको गोवामा काम गर्थे । कोरोना भाइरसको संक्रमण फैलिएपछि लकडाउन भयो । गोवाको काम बन्द भयो । लकडाउनमै घर आएका श्रेष्ठले गाउँमै काम खोजे । घर बनाउने काममा श्रमिकको रुपमा काम पनि पाए । लकडाउनमा समेत खाली बस्नु परेको छैन । ‘भोको पेटले काम नगर भन्दो रहेनछ । गोवाको काम …

Read story ↗
DFMNEWS
Uncategorized

दुई पालिकाका एक सय बढि घरधुरी अन्धकारमा बस्न बाध्य

तनहुँको व्यासनगरपालिका र बन्दिपुर गाउँपालिकामा गरी दुई पालिकाका एक सय बढि घरधुरीका बासिन्दाहरु अन्धकारमय जीवन बिताउँदै आएका छन् । व्यासनगरपालिका–१४ का ५० र बन्दिपुर गाउँपालिका–६ का ६३ घरधुरी गरी एक सय तेह्र घरधुरी बिगत लामो समय देखि अन्धकारमा बस्न बाध्य भएका हुन् । सदरमुकाम दमौली देखि करिब १५ किलोमिटर दुरीमा रहेपनि बत्तिमूनिको अँध्यारो बनेको छ …

Read story ↗
DFMNEWS
Uncategorized

एक महिना पछि हट्यो भानुमा निषेधाज्ञा

समुदाय स्तरमा फैलिएपछि रेडजोनको नाम चिनिएको भानु नगरपालिकामा ३१ दिनपछि निषेधाज्ञा हटेको छ ।सङ्क्रमण फैलिएपछि नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहँुले भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञामा पनि कोरोना संक्रमीतको संख्या बढ्दै गईरहे पछि प्रशासनले तीन पटक निषेधाज्ञा जारी गरेको थियो । पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म, दोस्रो पटक भदौ …

Read story ↗
DFMNEWS
Uncategorized

शुक्लागण्डकीकी महिलामा कोरोना देखिए पछि स्वास्थ्य सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका …

Read story ↗
DFMNEWS
Uncategorized

बन्दिपूरमा झोलुङ्गे पुल निर्माणका लागि अध्ययन

दमौली, तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिए । “गाउँपालिकाका विभिन्न …

Read story ↗
DFMNEWS
Uncategorized

तनहँुका सबै स्थानिय तहमा कोरोनाका बिरामी

कोरोना संक्रमीतको संख्या घट्दै गईरहेको तनहँुका स्थानिय तहमा संक्रमीतको संख्या बढ्न थालेको छ । कोरोना संक्रमीतको संख्या मंगलबार सम्म शुन्य रहेको घिरिङ गाँउपालिकामा बुधबार तीन जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास नगरपालिकाका २ जना सहित घिरिङ गाउँपालिकाका ३ जनालाई गरि पाँच जनामा संक्रमणको पुष्टि भएको …

Read story ↗
DFMNEWS
Uncategorized

युनिटिको घुम्ति फुड बैंक

पृथ्वीराजमार्ग अन्र्तगत तनहँुको बन्दिपूर गाँउपालिका १ डुम्रेको सडक छेउको एउटा टेबलमा चामल, दाललगायत अन्य खाद्यन्नका पोकाहरु राखिएका छन्। खानेकुराको खातसँगै टाँसिएको फ्लेस्कमा लेखिएको छ,‘ फुड बैंक’। निशुल्क दामचामल पाइन्छ भनेर मंगलबार बिहानै त्यहाँ पुगेका मजदुर जुठे थापा दंग देखिन्थे । उनले भने, ‘यो हामी जस्तालाई ठूलो राहत भयो नि हजुर ।’ जुठेले केही पोका चामल …

Read story ↗
DFMNEWS
Uncategorized

अभाव हुन नदिन रक्तदान

कोभिड–१९ को महामारीमा जिल्लामा रगतको अभाव भएपछि रगतको माग आपूर्ति गर्नका लागि रक्तदान गरिएको छ। रोट¥याक्ट क्लव अफ दमौलीको आयोजना भएको खुला रक्तदानबाट १५ युनिट रगत सङ्कलन भएको क्लकका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । क्लवका पूर्व सहसचिव स्व. सचिन श्रेष्ठको स्मृतिमा १८ औ जिल्ला तथा सातौ राष्ट्रव्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । क्लबका …

Read story ↗
DFMNEWS
Uncategorized

देवघाटमा शालिग्राम संकलन गरिदै

दमौली, प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने …

Read story ↗
DFMNEWS
Uncategorized

तनहँुमा बढ्यो कोरोना ग्राफ

तनहुँमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ । मङ्गलबार भने ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार ४ महिला र ५ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार शुक्लागण्डकी नगरपालिका–१० की …

Read story ↗