● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

सेती नदीले बगाउँदा महिलाको मृत्यु

भिमाद, सेती नदीले बगाउँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका – ५ ऋषिङपाटनकी ४४ बर्षिय पञ्चमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ l घाँस काट्न जानलाई नदी तर्ने क्रममा बगाएको प्रहरीले बताएको छ । उनलाई उद्धार गरी उपचारका लागी जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याईएकोमा चिकित्सकले ...

Read story ↗
DFMNEWS
Uncategorized

माल्टामा एक जना नेपालीको कोरोना परिक्षण पोजेटिभ

प्रकाश बगाले, माल्टा बैशाख १ कोरोना भाइरस (कोभिड(१९) ले विश्व जगतलाई अहिले आतंकित बनाइरहँदा युरोपको माल्टामा पनि एक नेपालीलाई कोरोना कोरोना परिक्षण पोजेटिभ देखिएको हो । बिगत १८ महिना देखि माल्टाको व्याड बोइ क्लिनर्स कम्पनीमा कार्यरत नेपाली गणेश बहादुर खत्रीको माल्टाको लुका कोरोना परिक्षण केन्द्रमा आफ्नो रगत परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको गैर आवसीय नेपाली ...

Read story ↗
DFMNEWS
Uncategorized

शुक्लागण्डकीमा लक डाउनले प्रत्यक्ष प्रभाव परेका ३१ सय परिवारलाई खाद्यन्नका सामाग्री

केही महिनाको लागि सहज भएको मजदुरको भनाई, दमौली खबर संवाददाता वैशाख १ दमौली तनहुँको शुक्लागण्डकी नगरपालिकाले ज्याला मजदुरीको माध्यमबाट गुजारा चलाउने विपन्न वर्गका परिवारलाई दैनिक उपभोग्य खाद्यन्नका सामाग्री वितरण गरेको छ । लकडाउनको मारमा परेका तीन हजार ९० परिवारलाई चामल, दाल, नुन, खाने तेल र साबुन वितरण गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । यहाँका ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँमा कोरोनाको द्रुत परीक्षणका लागि ६४२ आरडिटी किट आयो

सबै स्थानीय तहबाट परीक्षण सुरु गरियो, दमौली खबर संवाददाता वैशाख १दमौली तनहुँमा कोरोना भाइरस (कोभिड(१९)को द्रुत परीक्षण गरिने भएको छ । चैत्र १ गते यता भारत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रिएका व्यक्तिर्को यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षणको तयारी गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा द्रुत परीक्षणका लागि ६४२ वटा किट प्राप्त भएको ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँ उद्योग वाणिज्य संघ द्धारा जिल्लाको विपद् कोषमा दुई लाख सहयोग

दमौली खबर संवाददाता चैत २८ दमौली तनहुँ उद्योग वाणिज्य संघले जिल्लाको विपद् कोषमा सहयोग हस्तान्तरण गरेको छ । संघका जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलाई २ लाखको चेक हस्तान्तरण गरेको हो । यो संक्रमणको घडीमा जिल्लाबासीलाई राहत प्रदान गर्ने उदेश्यले रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।यसैबीच ...

Read story ↗
DFMNEWS
Uncategorized

दमौलीमा संचालित निजि अस्पताललाई व्यास नगरपालिकाद्धारा पि.पि.ई प्रदान,

कोरोनाको जोखिम न्युनिकरणका लागि अस्पतालमालाई सहयोग गरेको नगरप्रमुख न्यौपानेको भनाई, दमौली खबर संवाददाता चैत २८ दमौली कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भइरहँदा व्यास नगरपालिकाले दमौलीमा संचालित निजि अस्पताललाई पि.पि.ई प्रदान गरेको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनिकरणका लागि अस्पतालमा कार्यरत डाक्टरहरुलाई ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउन उल्लंघन गर्नेबाट बन्दीपुर गाँउपालिकाले लिन थाल्यो जरिवाना,

लकडाउन उल्लंघन गर्नेहरुका लागि जरिवाना सुची नै तयार, दमौली खबर संवाददाता चैत २८ दमौली कोभिड– १९ का संक्रमित भेटिएसँगै देश अहिले लकडाउनमा छ । लकडाउन प्रभावकारी बनाउन तनहुँको बन्दीपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको छ । गाँउपालिका लकडाउन उल्लंघन गर्नेहरुका लागि जरिवाना सुची नै बनाएको छ । गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेलाई एक ...

Read story ↗
DFMNEWS
Uncategorized

लक डाउनपछि वातावरणलाई फाइदा, वर्षाैंपछि सङ्लो बग्न थाल्यो सेती नदी

दमौली खबर संवाददाता चैत २८ दमौली कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकाले अहिले देशमा उद्योग, कलकारखाना तथा सवारी साधन बन्द छन् । सबैतिर सुनसान हुँदा मानवीय जीवनमा ठूलो नकारात्मक प्रभाव परे पनि वातावरण्मा भने सकारात्मक प्रभाव परेको छ । सरकारले गरेको लकडाउनमा मानवीय क्षेत्रमा असर पारे पनि अहिले प्रदूषित नदीहरुमा ...

Read story ↗
DFMNEWS
Uncategorized

रिसिङ गाउँपालिका सबै वडामा राहत वितरण

देब गजमेर लकडाउनका बेलामा अति विपन्न परिवार, ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई राहत वितरण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहमा पनि राहत वितरण गरिएको रिसिङ गाउँपालिकाका प्रमुख राजेन्द्र कुमार श्रेष्ठले बताए । रिसिङ गाउँपालिका भित्र रहेका बिपन्न आठ ...

Read story ↗
DFMNEWS
Uncategorized

लायान्स क्लब द्धारा प्रहरीलाई पिपिई प्रदान

दमौली खबर सम्बाददाता दमौली २६ , लायान्स क्लब अफ दमौलीले प्रहरीलाई पिपिई सहयोग गरेको छ। कोभिड १९ सेफ्टी मेजर कार्यक्रम अन्तर्गत प्रहरीलाई पिपिई प्रदान गरिएको कलबले जनाएको छ। बुधबार क्लबले जिल्ला प्रहरी कार्यालय तनहँुलाई २ थान पिपिई प्रदान गरिएको छ। क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राक्ुले जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख विनोद शिलवाललाई पिपिई प्रदान गरेका ...

Read story ↗
विपन्न परिवारलाई राहत बाड्यो लायन्स क्लब अफ तनहुँ दमौलीले Uncategorized

विपन्न परिवारलाई राहत बाड्यो लायन्स क्लब अफ तनहुँ दमौलीले

२२ विपन्न परिवारलाई राहत पाए । राजेन्द्र परियार / दमौली खबर संवाददाता चैत २४ दमौली लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा आज व्यासको वडा १ कार्यालयमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको र सरकारले गरेको लक डाउनको प्रत्क्षय रुपमा मार मा परेको बिपन्न तथा दैनिक ज्यालादारी गर्ने २२ परिवारलाई लागि ...

Read story ↗
DFMNEWS
Uncategorized

आँबुखैरेनी वडा नं २ का १८० जना विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण

राम धामी आँबुखैरेनी, चैत्र २२ गते । आँबुखैरेनी गाउँपालिकाले लकडाउनबाट प्रभावित विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण सुरु गरेको छ । कोरोना भाईरस सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित भएका श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाले शुक्रबार वडा नं। ५ का ७० जना श्रमिक तथा ...

Read story ↗