● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

साहित्य

View all →
मुक्तक: पत्रिका साहित्य

मुक्तक: पत्रिका

मुक्तक: पत्रिका नवराज न्यौपाने ;मौन' धेरै दौडधूप गर्छौ र थोरै छ तिम्रो भत्ता ओहोदामा पुगेपछि मान्छे बन्दो रहेछ मैमत्ता चौथो अङ्गलाई नसोच्नु कहिल्यै सानो भनेर हो कागजको पत्ता तर हल्लाउन सक्छ शासन सत्ता अन्याय अत्याचारको सधैं खबरदारी गर्छ सूचनाको हकको सधैंं रखबारी गर्छ बाटो बिराएकालाई सधैंं सचेत गराउदै न्यायको आँखा खुलाएर समझदारी भर्छ

Read story ↗
के हुन्छ होला अब साहित्य

के हुन्छ होला अब

के हुन्छ होला अब हरिप्रसाद रिमाल ढाडे मात्र भए सधैँ गलबदी गर्छन् बुझेको कुरा नङ्राले अनि कोर्दछन् गजबले ङुर्राउँदै बेसुरा दारा ङिच्च फिजाउँदै बलबुता देखाउने छन् सब ढाडे हुन् सब दुष्ट लड्न सुरिए के हुन्छ होला अब।।१ यस्ताका भरमा छ देश अहिले दाह्रा तिखा साथ छन् टोक्लान् झैँ छ कुकर्म मर्म नबुझी हुङ्कारमा व्यस्त छन् ...

Read story ↗
लेखनाथ स्मृति साहित्य

लेखनाथ स्मृति

शिखरिणी हरिप्रसाद रिमाल सिकायौ सारामा नवरस सबै छन्द लयमा बिझाएनौ प्यारा वचन जहिले काव्य-रसमा दियौ हामीलाई तरुण तपसी काव्य महल अनेकौँ छन् काव्यात्मक ऋतु बिचारेर सबल।१ सबै प्राणीलाई मनवचनले कर्म बलले गरौँ माया धेरै हृदय नबनोस् क्रूर कहिले भनी लेख्यो साँचो कवि कलमका जाँगर झिकी बन्यो धेरै राम्रो असल कविता यो शिखरिणी।।२ शिकारीको सास्ती चिरबिर ...

Read story ↗
गीत साहित्य

गीत

वेद्कुमारी न्यौपाने ढुंगा हुँदाे रैछ मुटु धेरै चाेट लागे पछि जम्दाे रैछ अाँसु पनि बग्दा बग्दै थाके पछि सीमा हुँदाे रैछ सायद दुख्ने पनि रुने पनि छट्पटिंदै पिराेलिंदै मन दुखी हुने पनि कहाँ कति दुख्यो भन्नु जिन्दगी नै दुखे पछि न त पीडा न त खुसी हृदय नै सुके पछि रुँदैनन् यी आँखा अब छाेड्याे ...

Read story ↗
गजल साहित्य

गजल

– राजेन्द्र पौडेल दुखायाै तिमीले दुख्याे भित्र छातीदियाै चाेट कस्ताे झनै दुख्छ राती भिरालाे उकालाे सगै चढ्न भन्थ्याैतिमी मात्र चढ्दै गयाै माथि माथि चढी ढाड टेक्दै पुग्याै टाउकामार घाँटी निमाेठ्याै कठालाे समाती थियाे क्वै जमाना थियाै हाई हाईथिएनन् धरामा छ भन्ने नजाति गयाै रङ्ग फेर्दै भुल्याै लक्ष्य वाचापछारेर अाफ्ना गर्‍यौ कर्म घाती

Read story ↗
बारूले बुढो र अरिंगाले बुढो साहित्य

बारूले बुढो र अरिंगाले बुढो

कमलभक्त पोखरेलवनारसबाट शास्त्री पास गरेर आएका बुढा गाउँमा शिक्षित व्यक्तिका रूपमा चिनिन्थे । गिताको अभ्यास गर्थे । एउटा खरले छाएको सानो मन्दिरमा बसेर नित्यकर्म पछि उनले गिता पाठ गर्थे । गिता पाठ गर्ने मान्छेलाई कुनै लोभ,क्रोध,मोह , तथा मात्सर्य नहुनु पर्ने हो । तर बुढा भने अलि प्रतिसोधी बानी भएका थिए । मन्दिरको छानामा बारूलोले ...

Read story ↗
चार मुक्तक साहित्य

चार मुक्तक

चार मुक्तक नवराज न्यौपाने'मौन' देशमा भाँड्भैलो मच्चाउन पनि जानेका छन् समयनुकूल आफूलाई सच्च्याउन पनि जानेका छन् जे गरे नि जनता चूपचाप सही बस्छन् हजुर चुनावमा जनतालाई घच्घच्याउन पनि जानेका छन् हाम्रा हैन राम्रालाई जिताउनु पर्छ हजुर हाँसीखुशी जिन्दगी बिताउनु पर्छ हजुर कर्तव्य र कर्मलाई सधैंं ख्याल गरेर यहाँ देश र जनताको भलो चिताउनु पर्छ हजुर ...

Read story ↗
निष्ठा, राजनीति र लज्जा• साहित्य

निष्ठा, राजनीति र लज्जा•

वासुदेव पाण्डेय सोझा छन् जनता सदैव रिझिने गर्दा मिठो भाषण सम्झन्छन् मत-दान धर्म तिनले फेरिन्छ यो शासन। पाई बोत्तल झोल खोल तनको मिल्दैन यो भन्छ को ल्याई एक बिटो दिएपछि छिटो सिद्धान्त सम्झन्छ को।। •१• जानी साम र दाम,दण्ड दलका खुट्याउँछन् भेद जो खोक्रो भाषण गर्न माहिर भए नेता हुने देशको । पैसा वा छलछामबाट ...

Read story ↗
मेरी आमा साहित्य

मेरी आमा

मेरी आमा भन्नुहुन्छ यही छोराले केही गर्छ भविष्यको सहारा यो मेरो ओठमा हाँसो छर्छ धेरै सहेँ दु:ख कष्ट यसका लागि मैले सँधै नचल्दा यी हातपाऊ लौरी मेरो बन्नुपर्छ सर्वस्व नै सुम्पेँ मैले जिन्दगानी यसका लागि ढल्केपछि उमेर यो अब मलाई यसकै भर छ जे गरेथेँ यसका लागि भुल्दैन यो थाछ मलाई गरे यसले पिण्डदान आत्मा ...

Read story ↗
पर्‍यो अब फाटो साहित्य

पर्‍यो अब फाटो

पर्‍यो अब फाटो मित्रलाल पंज्ञानी प्यारा थिए नेताहरू प्यारो थियो पार्टी जनताले बनाएका निकै दुःख काटी हेर्दा हेर्दै पत्तालमा खस्तै गए तल धोका पाए जनताले, विश्वासको फल ! अन्यायको बाटातर्फ लाडिएर गए जनताको मर्मबाट टाढिएर गए दौडेको छ सुख जति आफै भोग्नतिर पत्तो छैन भैँतहकोे वेदना र पिर सँगै जान सकिँदैन पर्‍यो अब फाटो ! ...

Read story ↗
तीन मुक्तक साहित्य

तीन मुक्तक

दिन रात सेवामा जुट्ने हातहरू सॅग तुलना नगर ,लुटेर खाने जमातहरूसॅग इन्साफ गर्छ भने ,एकदिन ईश्वरले नै गर्छ जोरी नखोज,सच्चा मेरा भावहरूसॅग ।। दिनु र लिनुमा धेरै फरक छ भन्नु र गर्नुमा धेरै फरक छ चूपचाप बस्दा पनि राम्रो हुने केही कुरामा तोड्नु र जोड्नुमा धेरै फरक छ।। निरङ्कुश अघि बढ्न अरूलाई भर्याङ बनाउॅछ सबैलाई ...

Read story ↗
दुई मुक्तक साहित्य

दुई मुक्तक

एक : अध्यादेश अध्यादेशले नियम कानून छल्ने गर्छ स्वेच्छाचारिताले चोकमा आगो बल्ने गर्छ संशोधनको पनि कुनै हद हुन्छ हजुर खिचातानीले पनि यहाँ सरकार ढल्ने गर्छ दुई : जनता प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्छ जनमतले नै यहाँ नेता चुन्छ माथि पुगेपछि हैशियत बिर्सेंर नेताले बल प्रयोग गरी जनताको मुख थुन्छ

Read story ↗