● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

बुद्धसिंह मार्ग रुपमा स्तरोउन्तीमा ढिलाई नगरौं

शहिद बुद्धसिंह मार्ग गण्डकी प्रदेशको महत्वपुर्ण सडक हो र पृथ्वी राजमार्गको तनहुँ खण्ड विस्तारको क्रममा रहेको कारण यस मार्गलाई बैकल्पिक मार्गको रुपमा सुचारु गर्न ध्यान दिनु पर्छ । पृथ्वीराजमार्गको काम पुरा हुन कम्तिमा पनि तीन वर्ष लाग्ने हुँदा गण्डकी प्रदेशमा आउने पर्यटक तथा यात्रुको लागि आवत आवतमा समस्या पर्छ । घुमाउनेमा मोटरेवल पुल निर्माणको क्रममा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

उज्ज्यालो तनहुँ बनाऔं

२१ औं शताब्दीमा पनि तनहुँ जिल्लामा अझै केही विकट क्षेत्रहरुमा विद्युत सेवा पुगेको छैन । घिरिङ गाउँपालिका केही भुगोलमा ढिलै भएपनि पुगेपनि अझै देवघाटका केही क्षेत्रमा अन्धकारमै बस्न बाध्य छन् । यसरी अन्धाकारमा बस्न बाध्य हुनु पर्ने अवस्थालाई तनहुँ हाइड्रोपावर लिमिटेडले मद्धत गरिरहेको छ । यस क्रममा बन्दिपुर गाउँपालिका–६ साराङघाट स्थित ३३÷११ केभीको सराङघाट सबस्टेसन ...

Read story ↗
DFMNEWS
सम्पादकीय

शिसुवा भतेरी कृषि सहकारीको सकरात्मक कार्य

सहकारी नाफा मुलक हुनु भन्दा पनि सेवा मुलक बन्दै आय आर्जनमा टेवा पु¥याउनु पर्छ । नेपालका अधिकांश सहकारीले नाफा कमाउने प्रमुख उद्धेश्य लिएको देखिन्छ । नाफा कमाउने होडबाजी गर्ने सहकारीको भिडमा तनहुँको व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गरेको नमुना काम गरिरहेको छ । यस सहकारीले खेर ...

Read story ↗
DFMNEWS
सम्पादकीय

घाँसीको कुवाको संरक्षण गरौं

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई प्रेरणादिने घाँसीले निर्माण गरेको घाँसीकुवा यतिबेला संरक्षणको पर्खाइमा छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भईरहेकोले घाँसीकुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले प्रेरणास्थल घाँसीकुवाको अतित्व जोखिममा परेको छ भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सार्वजानिक विदा अनुपयुक्त

आज तत्कालिन माओवादीले सुरु गरेको शसस्त्र जनयुद्ध सुरू गरेको दिन । त्यसकै नायक पुष्पकमल दाहाल प्रचण्ड देशको कार्यकारीमा हुनुहुन्छ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिएको छ । यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर फागुन १ गते बिदा दिने निणर्य गरेका थिए । २०५२ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

चिकित्सक माथिको कटुपिट गर्नेलाई कारबाही गर

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटना देशभर चर्चामा छ । यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी माथि गरिएको यस्तो व्यवहारले लोकतन्त्रको खिल्ली उडाएको छ । यही घटनालाई लिए आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, ...

Read story ↗
DFMNEWS
सम्पादकीय

रामज्योतिको राम्रो काम

निजी विद्यालयको ध्यान विशेष गरेर पैसा कमाउने तिर बढी हुन्छ । त्यसको लागि उनिहरुले शैक्षिक गतिविधीलाई मात्रै बढी केन्द्रीत गर्छन् । तनहुँको व्यास नगरपालिका ४ स्थित रामज्योति बोर्डिङ स्कुलले प्रथम रामज्योति कप फुटबल प्रतियोगिता गरेर खेललाई पनि प्राथमिकता दिएको छ । माघ २६, २७ र २८ गते इन्टर स्कुल फुटबल प्रतियोगिता गरेर नयाँ सन्देश दिएको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

आदिकविको घर पुर्ननिर्माणमा ढिलाई नगरौं

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकाका–४ चुँदीरम्घा भाषिक तथा साहित्यिक क्षेत्र हो । भगवान गौतमबुद्ध पछि नेपालीहरुले धेरै सम्झिने मध्येको नाम हो भानुभक्त आचार्य । पृथ्वी नारायण शाहले नेपालको एकिकरण गर्दै जस्तै सबै नेपालीहरुको मन एकिकरण गर्न भानुभक्तले नेपाली भाषाको विस्तार गर्नु भएको थियो । महिमा अपार भएपनि उहाँ जन्मिएको चुँदीरम्घा र यस ...

Read story ↗
DFMNEWS
सम्पादकीय

प्राकृतिक कुचिकार गिद्धको संरक्षण गरौं

गिद्ध प्राकृति कुचिकार हुन् । सिनो अभाव र उचित वासस्थानको अभावले हुँदा यिनिहरु लोप हुँदै गएका छन् । तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको छ । यो ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अस्पताल जस्तो क्षेत्रमा गंभिर बनौं

तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पताल १५ बेड क्षमताको रहेपनि हाल ५० बेड सञ्चालन गरिएको छ । बेड धेरै सञ्चालन गरिएको भएपनि जनशक्ति थप नहुँदा विरामीले उपचारको लागि पालोकुर्नु पर्ने अवस्था छ । जनशक्ति थप नहुँदा ११ महिना देखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

दुलेगौंडा, हर्कपुर सडक निर्माणमा अनुगमन गरौं

निदाएको मान्छेलाई उठाउन सकिन्छ तर निदाएको बाहाना गर्नेलाई उठाउन सकिन्छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निर्माण भइरहेको दुलेगौंडा– हर्कपुर मोटर मार्गमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग भएपनि वास्ता गरिएको छैन मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् तर सुनुवाई भएको छैन । सडक निर्माणको जिम्मा पाएको काठमाडौंको शङ्कर ...

Read story ↗
DFMNEWS
सम्पादकीय

बिपन्नलाई न्यानो कपडा सहयोग गरौं

चिसो सिरेठोमा लुगलुग कामेर बस्ने रहर कसैको पनि हुँदैन । विपन्नले घेरिएको केही यस्ता घरहरु छन् जहाँ न्यानो घाम लाग्दैन । जाडोमा दाउरा बालेर रात कटाउने थुप्रै घरहरु छन् । जो विपन्नताले गर्दा न्यानो सिरक डसना तथा कपडा लगाउन पाएका छैनन् तिनिहरुलाई जाडो कपडाको मद्धत गरिनु सबैको दायित्व हो । विशेष गरेर स्थानीय सरकार दायित्वको ...

Read story ↗