● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
निर्मल माविको ५४ औं वार्षिक उत्सवमा विविध कार्यक्रम समाचार

निर्मल माविको ५४ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

दमौली खबर संम्वादाता फागुन ८ तनहुँको व्यास नगरपालिका १ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सवमा आईतबार बिबिध कार्यक्रम गरिएको छ । वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै न्यौपाने सामुदायिक विद्यालयले नतिजा सुधार गर्न ध्यान दिनु पर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ...

Read story ↗
गोरखाका दिनेशले जिते सचिन स्मृति दौड प्रतियोगिताको उपाधी समाचार

गोरखाका दिनेशले जिते सचिन स्मृति दौड प्रतियोगिताको उपाधी

दमौली खबर संवाददाता तनहुँ, फागुन ८ रोट¥याक्ट क्लव अफ दमौलीले दमौलीमा आयोजित २० औं स्व. सचिन स्मृतिमा खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नु भएको छ । व्यास नगरपालिका–३ दमौलीको अनसन चौतारी देखि व्यास नगरपालिका १४ छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेन्डमा पार गर्दै ...

Read story ↗
DFMNEWS
समाचार

देवघाटमा बाख्रा फार्ममा आगलागी, चार बाख्रा मरे

दमौली खबर संवाददाता तनहुँ, फागुन ८ तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटी स्थित भट्टराई कृषि बाख्रा फार्ममा आइतबार आगलागी भएको छ । बुद्वि प्रसाद उपाध्याले सञ्चालन गरेको फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा चार वटा बाख्रा मरेको १८ वटा बाख्रा घाईते भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । जलेर मर्ने तथा घाईते ...

Read story ↗
DFMNEWS
समाचार

बन्दीपुरमा प्रथम अध्यक्ष कप हुने

दमौली खबर संवाददाता तनहुँ, फागुन ७ तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप फुटवल तथा भलिवल प्रतियोगिता गर्ने भएको छ । यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो ...

Read story ↗
महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना समाचार

महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना

दमौली खबर संवाददाता दमौली ७ फागुन महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना कार्यक्रम गरिएको छ । वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले कार्यक्रम गरेको हो हो । प्रतिष्ठानले वडागुरु वेदव्यासको जन्म तथा तपोभुमिमा ध्यान र होमन साधना मार्फत् महाशिवरात्री पर्व मनाइरहेको छ । शनिवार विहान ७ वजे देखि सुरु भएको साधना आइतवार ...

Read story ↗
पालिकाले भ्रमणको व्यवस्था गरेपछि जेष्ठ नागरिक खुसी समाचार

पालिकाले भ्रमणको व्यवस्था गरेपछि जेष्ठ नागरिक खुसी

दमौली खबर संवाददाता दमौली, फागुन ६ बुढेसकालमा जेष्ठ नागरिकहरुलाई धार्मिक तिर्थस्थलमा पुग्ने रहर हुन्छ । कतिपय जेष्ठ नागरिकहरु धन नभएर तिर्थ गर्न पाएका हुँदैनन् भने कतिपय घुमाउन लैजाने नहुँदा रहरलाई खुम्चाएर बस्न बाध्य हुन्छन् । तर तनहुँको आँबुखैरेनी गाउँपालिकाका जेष्ठ नागरिकहरु पालिकाकै खर्च तिर्थस्थल तथा मनोरम स्थलहरुको भ्रमण गर्न पाएका छन् । पालिकाले आरामदायिक बस ...

Read story ↗
केशवटारमा सेनेटरी प्याड वनाउन सिक्दै महिला समाचार

केशवटारमा सेनेटरी प्याड वनाउन सिक्दै महिला

दमौली खबर संवाददाता केशवटार, फागुन ४ महिलालाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले व्यास नगरपालिका–१४ केशवटारमा सेनेटरी प्याड वनाउने तालिम प्रदान गरिएको छ । साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४, केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड वनाउने तालिम सञ्चालन गरिएको हो । साना किसान सामुदायिक सिकाई केन्दका अध्यक्ष सरास्वती थापाको अध्यक्षतामा भएको कार्यक्रमको व्यास १४ को वडाध्यक्ष ...

Read story ↗
बुद्धिचाल संघ व्यास नगर अध्यक्ष न्यौपाने चयन समाचार

बुद्धिचाल संघ व्यास नगर अध्यक्ष न्यौपाने चयन

दमौली खबर संवाददाता फागुन नेपाल बुद्धिचाल संघ व्यास नगर समितिको बिहीबार आयोजना गरिएको भेलाले नरेन्द्र न्यौपानेको अध्यक्षमा समिति चयन गरेको छ । उक्त खेल सम्बद्ध सरोकारवालाहरुको भेलाले सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा बिरेन्द्रराज काफ्ले र कोषाध्यक्षमा नवराज अधिकारी चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा चिज कुमार श्रेष्ठ, उजेली पोख्रेल, ...

Read story ↗
DFMNEWS
समाचार

खैरेनीटारमा फागुन १८ देखि २९ गतेसम्म महोत्सव हुने

दमौली खबर संवाददाता दमौली÷३, फागुन चैतेदशैंको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा महोत्सव हुने भएको छ । यही फागुन १८ देखि २९ गतेसम्म तनहुँको शुक्लागण्डकी महोत्सव २०७९ हुने भएको छ । सो महोत्सव भव्य रुपमा सम्पन्न गर्न मुल समारोह समिति र विविध उपसमिति गठन गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा प्रस्तावना तयार गरी ...

Read story ↗
DFMNEWS
समाचार

चैत्र ६ गतेदेखि कक्षा ८ को व्यासमा नगर स्तरीय परीक्षा हुने

दमौली खबर संवाददाता दमौली, फागुन ४ तनहुँको व्यास नगरपालिकामा आगामी चैत्र ६ गतेदेखि नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा सुरु हुने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८ को नगर स्तरीय परीक्षा सो मितिबाट सुरु हुने निमिक्त नगर शिक्षा अधिकारी नविन पराजुलीले जानकारी दिनुभयो । चैत्र ६ देखि १४ गतेसम्म नगर स्तरीय आधारभूत ...

Read story ↗
DFMNEWS
समाचार

गणित र विज्ञान शिक्षकको फागुन ७, ८ र ९ गते तालिम हुने

दमौली खबर संवाददाता शैक्षिक सुधारको लागि तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका लागि तालिम दिने भएको छ । गणित र विज्ञान विषयका शिक्षकहरुको यही फागुन ७, ८ र ९ तालिम दिईने व्यास नगरपालिकाले जनाएको छ । अधिकांश विद्यार्थी ति विषयमा कमजोर भएकोले नतिजा सुधार गर्न तालिमको व्यवस्था गरिएको नगर प्रमुख न्यौपाने ...

Read story ↗
DFMNEWS
समाचार

देवघाट गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ

दमौली खबर संवाददाता दमौली, फागुन ४ तनहुँको देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । भवन निर्माणमा ढिलाई हुँदा कार्यालय भाडाको घरमा बस्नु पर्ने बाध्यता रहेको छ । ठेकेदारले समयमा नै काम नगरेकाले भवन निर्माण कार्य ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनु भयो । २५ रोपनी क्षेत्रफलमा भवन निर्माणको कार्य अगाडि बढाइएको ...

Read story ↗