मुक्तक
वेदकुमारी न्याैपाने

आँखामा हरपल् थपिँदै जाने सपनाकाे रास नभए
मन उड्न कल्पनाकाे सुन्दर, स्वतन्त्र आकाश नभए
कति निरस अनि कति उराठ हुन्थ्यो हाेला जिन्दगानी
हृदयमा भावना अनि माया प्रेमकाे मिठास नभए

बालकाेट, भक्तपुर । हाल अमेरिका