गीत राजन गिरी 'राज' सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई । जीवन एउटा कहानी हो , बोतल भित्र बन्द बिर्को खोल्न थाल्यौ भने , आउँछ त्यस्मा गन्ध गर्न हुन्न रिस राग , आत्मा जलाइ जलाई आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई । सुख ...
गीत
राजन गिरी 'राज'
सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
जीवन एउटा कहानी हो , बोतल भित्र बन्द
बिर्को खोल्न थाल्यौ भने , आउँछ त्यस्मा गन्ध
गर्न हुन्न रिस राग , आत्मा जलाइ जलाई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
सुख पर्दा ...
आफ्नो भन्नु ...
आँखा भरी रंगशाला , हाँस खेल रमाऊ
रुपियाँ त आउँछ जान्छ , धेरै इज्जत कमाऊ
फाइदा छैन जिन्दगीमा , मन साँघुरो गराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।