गजल ? निरू गौतम भुल्न सकिनँ तिमीलाई यादका खात छन् साथमा बिताएका पलका मीठा बात छन् ब्युँझिन्छु निद्राबाट नराम्रो सपना आएपछि अकेली बिताऊँ कसरी लामा यी रात छन् पल्र्टाई हेर्छु पाना छ संस्कृति गिज्याइरहेको स्वतन्त्रताको गला रेट्ने ठूला साना जात छन् परनिर्भरताको पराकाष्ठा पतनको मार्ग जानी चलाउँछु मिहिनेतको आरन, मसँग हात छन् विश्वासको वगैचा सजिलै ...
गजल ?
निरू गौतम
भुल्न सकिनँ तिमीलाई यादका खात छन्
साथमा बिताएका पलका मीठा बात छन्
ब्युँझिन्छु निद्राबाट नराम्रो सपना आएपछि
अकेली बिताऊँ कसरी लामा यी रात छन्
पल्र्टाई हेर्छु पाना छ संस्कृति गिज्याइरहेको
स्वतन्त्रताको गला रेट्ने ठूला साना जात छन्
परनिर्भरताको पराकाष्ठा पतनको मार्ग जानी
चलाउँछु मिहिनेतको आरन, मसँग हात छन्
विश्वासको वगैचा सजिलै सजाउँदिनँ कहिल्यै
पाइलैपिच्छे पच्छ्याउने घात प्रतिघात छन् ।
बेलबारी १०
अनाम चौक, मोरङ