पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रि आइसोलेशन बार्डबाट शुक्रबार देखि सम्पर्क बिहीन भएका दमौलीका एक बिरामी बेखबर छन । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मियालाई ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको थियो ...
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रि आइसोलेशन बार्डबाट शुक्रबार देखि सम्पर्क बिहीन भएका दमौलीका एक बिरामी बेखबर छन । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मियालाई ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको थियो । दमौलीको अस्पतालले उनलाई पश्चिमाञ्चल अस्पताल लैजान रिफर गर्याे । बिरामी लिएर पोखरा आएका उनका आफन्त पीसीआर चेक नगरि कुनै पनि अस्पतालले भर्ना नलिने भने पछि कहिले चरक हस्पीटल त कहिले पश्चिमाञ्चल अस्पताल भौतारिनु पर्याे ।
चरक अस्पतालको आइसोलेशनमा राख्दा दैनिक १५ हजार रुपैया खर्च लाग्ने भएपछि उनीहरु बिरामी लिएर बिहीबार पुनः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै पुगे । बिहीबार बिरामीलाई पश्चिमाञ्चल अस्पतालको प्रि आइसोलेशन वार्डमा उनकी श्रीमतिले लिएर गएकी थिइन । शुक्रबार मात्र उनको कोरोना परीक्षण गर्ने भनि अस्पतालले समय दियो । प्रीआइसोलेशनमा राखिएका उनी शुक्रबार एकाएक अस्पतालबाट गायब नै भए । उनी हालसम्म बेपत्ता छन । शुक्रबार एक बजे सम्म उनी परिवारको सम्पर्कमा रहेको उनका भाई हनिफ महम्मदले जानकारी दिए । अस्पतालको प्रि आइसोलेशनबाट बसिर अहम्मद कसरी बेपत्ता भए ? उनी हाल कहाँ छन ? उनको अवस्था के छ ? हाल कसैलाई पनि थाहा छैन । उनले प्रयोग गरेको मोवाइल हाल सुतेको बिस्तारामा छोडेर गएका छन ।
परिवारका अनुसार बिरामी आफै डराएको अवस्थामा रहेको कारण अन्य कुनै निर्णय गर्न नसकेको बताए । प्रि आइसोलेशनबाट बिरामी निस्किएर जाँदा पनि कसैले वास्ता नगर्नु अस्पतालको कमजोरी रहेको आफन्तको आरोप छ । यस बिषयमा अस्पताल प्रशासनले भने प्रहरीलाई खबर गरिएको र खोजी कार्य भैरहेको जनाइएको छ। २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी रहेको ठाउँबाट केही नभनी बिरामी कता गए भन्ने एकिन नै भएन , अस्पताल प्रशासन बताउँछ । यसरी अस्पतालको प्रि आइसोलेशनबाट बिरामी हराउन थाले पछि यसको जिम्मा कस्ले लिने ?