● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

दमौली खबर संवाददाता फागुन ३०, दमौली पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मेका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री बनेका थिए । उनले नेपाली काँग्रेस ...

Read story ↗
DFMNEWS
Uncategorized

देउमायाको मृत्यु रहस्यमय : जाहेरी नलिएको भन्दै प्रहरी कार्यालय घेराउ

दमौली खबर सम्बाददाता फागुन २८, दमौली । तनहुँको देवघाट गाँउपालिका वडा १ मा गत फागुन १२ गते भएको एक युवतीको मृत्यु रहस्यमय बनेको छ । गत फागुन १२ देवघाट १ मानुङमा आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले १६ वर्षीया देउमाया थापाको शव फेला पारेको थियो । घटनाको अर्काे तीन दिन पछि देउमायाको माइती पक्षले मृत्यु शंकास्पद ...

Read story ↗
DFMNEWS
Uncategorized

लागुऔषध सहित युवक पक्राउ

दमौली खबर सम्बाददाता फागुन २७, दमौली । दमौली, तनहँुको व्यास नगरपालिका वडा नं २ अमरापुरी बाट लागुऔषध सहित २६ बर्षे सन्तोष गुरुङ पक्राउ परेका छन्। भादगाउँ बाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नंं को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा लागुऔषध सहित गुरुङलाई जिल्ला प्रहरी कार्यालय तनहँुले पक्राउ गरेको हो । व्यास ...

Read story ↗
DFMNEWS
Uncategorized

‘दादुरा रुवेला बाट बच्न अनिर्वाय खोप’

दमौली खबर सम्बाददाता फागुन २७, दमौली । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित दादुरा रुवेला खोप अभियान चैत १ गते बाट तनहुँमा पनि सञ्चालन हुने भएको छ । ९ महिना पुरा भइ ५ वर्ष नकटेका बालबालिकाहरुका लागी सञ्चालित खोप अभियान तनहुँमा दुई चरणमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरणमा चैत १ ...

Read story ↗
DFMNEWS
Uncategorized

अमृताले चढिन् सफासडक सपिङ हंगामाको स्कुटर

दमौली खबर सम्बाददाता फागुन २६, दमौली । भानु नगरपालिका ७ वसन्तपुरकी हाल व्यास ४ की अमृता थापा सफासडक सपिङ हंगामाको स्कुटर प्राप्त गरेकी छिन् । नेपालहरुको महान चाडपर्वलाई लक्षित गरि सफासडक नमुना टोल व्यवस्थापन समितिले सफासडक सपिङ हङगमा आयोजना गरेको थियो । उक्त सपिङ हंगमाको उपहार सोमबार सार्वजनिक गरिएको थियो । सार्वजनिक गर्दा कुपन नं ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोनाको त्रासले लागेन दमौलीमा होली

दमौली खबर सम्बाददाता फागुन २६, दमौली । व्यास २ का विकास खनालले यसपालिको होलीमा घरमै बसेर रमाईलो गरेको बताएका छन् । चीनदेखि फंैलिदै गएको कोरोना भाइरसको कारणले यसपालिको होली खल्लो भएको बताउदै उनले चिकित्सकहरुले दिएको सुझाव अनुसार नै यसपालि होली नखेलेको बताए । विगतका वर्षहरुमा होली भन्दा दुई दिन अघिदेखिनै रंग, अबिरसहित अन्य वस्तुहरुको जोरजाम ...

Read story ↗
DFMNEWS
Uncategorized

मिनिमार्केट सञ्चालनमा आएपछि फुटपाथ व्यापारीलाई सहज

दमौली खबर सम्बाददाता फागुन २६, दमौली । फुटपाथमा व्यापार गदैआएका व्यापारीले स्वरोजगार मिनी मार्केट सञ्चालन गरेका छन् । व्यास नगरपालिकाका लागि टाउको दुखाई बनेको दमौलीको फुटपाथको समधानको लागि स्वरोजगार श्रमिक संघ व्यास नगरपालिका कमिटिले मिनि मार्केट सञ्चालन गरेका हुन् । व्यास २ उत्तरशीला टोलमा करिब दुई रोपनी जग्गामा ’स्वरोजगार मिनि मार्केट’ नाम दिइए सञ्चालन गरिएको ...

Read story ↗
DFMNEWS
Uncategorized

वडा कार्यलयको भवन शिलन्यास

दमौली खबर सम्बाददाता फागुन २६, ऋषिङ्ग गाउँपालिका वडा नं ६ को वडा कार्यालयको भवन शिलन्यास गरिएको छ । ११० औं अन्तरराष्ट्रीय नारी दिवस पारी उक्त भवन एक कार्यक्रमबो बीच शिलन्यास गरिएको हो । भवनको शिलन्यास नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य ध्रुब वाग्लेले गरे । कार्यक्रममा बोलदै उनले वडा कार्यालयको भवन निर्माण भएपछि ...

Read story ↗
DFMNEWS
Uncategorized

भत्किएको पुलमाथि नै नयाँ पुलको ढलान

दमौली खबर संवबददाता फागुन २५ तनहुँको पर्यटकीय क्षेत्र बन्दिपुरस्थित फूदी खोलामा १० बर्ष पहिले निर्माण गरिएको पुल भत्किन थालेपछि गाँउपालिकाले करीब १० लाख रुपैयाँ छुट्याएर उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गरेको छ ।तर, उक्त पुल पुनर्निर्माण गर्ने क्रममा भत्किएकै पुलमाथि नयाँ संरचना बनेपछि स्थानीय झन् जोखिममा परेका छन् । पुलले न त वर्षे भेल थेग्न सक्छ ...

Read story ↗
बेलायतमा एनआरएन अध्यक्ष पन्तलाई कालो झण्डा, आर्थिक अनियमितता छानबिनको माग Uncategorized

बेलायतमा एनआरएन अध्यक्ष पन्तलाई कालो झण्डा, आर्थिक अनियमितता छानबिनको माग

दमौली खबर संवबददाता फागुन २४ युके – एनआरएन युकेको १५औं वार्षिकोत्सवमा आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट बेलायत पुगेका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाइएको छ। गैरआवासीय नेपालीहरूले एनआरएनएमा भाडभैला मच्चाएको तथा मनपरी नियुक्ति गरेको विरोधमा अध्यक्ष पन्तलाई कालोझण्डा देखाइएको हो। एनआरएनका निर्वाचित पदाधिकारी, सल्लाहकार र संस्थापकहरुले पनि उक्त कार्यक्रम ...

Read story ↗
DFMNEWS
Uncategorized

फ्रेण्डसिप कपको उपाधि दोभानलाइ

दमौली खबर संवबददाता फागुन २४ फ्रेण्डसिप कप फुटबलको उपाधि दोभान युथ क्लव भादगाउँले हात पारेको छ । शनिबार गुणादी खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रिभर साइड युवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोभानले उपाधि जितेको हो । उपाधि सँगै उसले १ लाख ११ हजार १ सय ११ रूपयाँ नगद , शिल्ड र प्रमाणपत्र हात ...

Read story ↗
DFMNEWS
Uncategorized

एसईई परीक्षामा तनहुँबाट ६ हजार भन्दा बढी परीक्षार्थी, २४ केन्द्र तोकियो

दमौली खबर संवबददाता फागुन २४ माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा तनहँु जिल्लाबाट ६ हजार भन्दा परीक्षार्थी सहभागी हुने भएका छन्। आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ६ हजार २ सय ८१ जना छात्रछात्रा सहभागी हुने भएका हुन्। यस वर्ष परीक्षामा जिल्लाका १ सय ७८ विद्यालयका परीक्षार्थीहरु २४ वटा केन्द्र ...

Read story ↗