● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
प्रचण्ड–नेकपाको विरोध प्रदर्शन असंवैधानिक कदम सच्याउन सुझाव हेडलाईन

प्रचण्ड–नेकपाको विरोध प्रदर्शन असंवैधानिक कदम सच्याउन सुझाव

नेकपा प्रचण्ड–माधव समूहले तनहँुको दमौलीमा विरोध प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले दमौलीमा प्रदर्शन गरेका थिए। ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेका हुन्। नारा लगाउदै निस्केको जुलुश बजार परिक्रमा गरी व्यास ३ स्थित रहेको मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै ...

Read story ↗
कांग्रेसको देशभर बिरोध प्रदर्शन ‘देशको अस्तित्व खतरामा’ हेडलाईन

कांग्रेसको देशभर बिरोध प्रदर्शन ‘देशको अस्तित्व खतरामा’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । देशका १ सय ६५ निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने निर्णय भएबमोजिम तनहुँको क्षेत्र नम्बर १ को दमौली र क्षेत्र नम्बर २ को भिमाद बजारमा बिरोध प्रदर्शन र सभा गरियो । बिरोध सभालाई सम्बोधन गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा ...

Read story ↗
पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि हेडलाईन

पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि

पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल वहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा गर्दा पनि हुने भनेको मा केहिदिन यता अक्सिजन लेभल कम भए पछी वहाँलाई अब्जरभेसन को लागि ह्याम्स अस्पताल ...

Read story ↗
दमौलीमा प्रचण्ड–नेपाल समूहको भेला,सुर्य चिन्ह आफनै हुने दाबी गरे हेडलाईन

दमौलीमा प्रचण्ड–नेपाल समूहको भेला,सुर्य चिन्ह आफनै हुने दाबी गरे

बहुमत सदस्यको उपस्थिति दाबी गर्दै तनहँुको दमौलीमा नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले कार्यकर्ता भेला गरि प्रशिक्षण दिएको छ । एक सय ४५ जनाको जिल्ला कमिटिमध्ये आईतबार दमौलीको तनहँु उद्योग वाणिज्य संघको सभा हलमा भएको भेलामा ८० जना भन्दा बढीको उपस्थिति उठाइएको नेकपा तनहँुका सचिव राजेन्द्रकेशरी न्यौपानेले दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी ...

Read story ↗
सरकार गरिबले उपचार नपाएरै मर्ने ? हेडलाईन

सरकार गरिबले उपचार नपाएरै मर्ने ?

सुनिता थारु (२७) जतिबेला विस्तारामा लम्पसार परिरहन्छिन् । आफ्नै शरिर काबुमा छैन् उनको । अरु त परको कुरा, कोल्टे फेर्नलाई समेत श्रीमान् भागीरामले साहारा नपाएसम्म सक्दिनन् ।पिठ्युँमा उनको गहिरो घाउ छ । त्यो भन्दा गहिरो घाउ त मनमा होला । व्यक्त गर्न पो नसकेकी । मलमपट्टी नपाएको घाउ घरघरी चर्हाउँछ । मन पनि त्यस्तै हुँदो ...

Read story ↗
सत्यवती मा.विको ४८ औं वार्षिकोत्सव सम्पन्न छात्रवृत्ति पाएपछि विद्यार्थी फुरुङ्ग हेडलाईन

सत्यवती मा.विको ४८ औं वार्षिकोत्सव सम्पन्न छात्रवृत्ति पाएपछि विद्यार्थी फुरुङ्ग

आयुष खरेल व्यास नगरपालिकाको वडा नं २ मा रहेको सत्यवति माध्यमिक विद्यालयको कक्षा दुईमा अध्ययन गर्छन्। उनले आफनो अभिभावकलाई पनि सँगै विद्यालय ल्याएर आए । आयुषले कुमारी गुरुङ छात्रवृत्तिकोष बाट दुई हजार रुपैयाँ छात्रावृत्ति बुझे अनि अलि पर बसेको आफनो अभिभावकको हातमा थमाए । विद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद पौडेलले हरेक कक्षामा पुगेर अभिभावकलाई सँगै लिएर विद्यालय ...

Read story ↗
राष्ट्रपतिले गरिन् संसद् विघटन के भन्छन् स्थानिय तहका जनप्रतिनिधी ? हेडलाईन

राष्ट्रपतिले गरिन् संसद् विघटन के भन्छन् स्थानिय तहका जनप्रतिनिधी ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार संसदको प्रतिनिधी सभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको मिती घोषण गरेकी छन् । यो कदमको सर्वत्र बिरोध भईरहेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधीसंगै नेता कार्यकर्ता ओलीको कदमको बिरोधमा लागेका छन् । सामाजिक सञ्जाल देखी चोक, चौतारी, चिया पसलमा गफिनेहरुले संसद विघटको ...

Read story ↗
उखु किसानकाे अाँसु हेडलाईन

उखु किसानकाे अाँसु

कति अाशा र रहर साँचिएकाे थियाे कति दु:ख र कहरमा बाँचिएकाे थियाे पटक पटक विश्वास जाँचिएकाे थियाे हामी अाँफैलाई थाहा छैन अचेल हामी कहिले पाे हाँसिएकाे थियाे नब्बे कराेड लुकाएर पनि तिमी मन फुकाएर हिडिरहेछाै हाम्राे पसिना भुलेर दिनहुँ उधाराेमा उखु किनिरहेछाै छातिमा हात राखेर भन के तिमी उधाराेमा चिनी बेच्न सक्छाै? हामीलाई ऋणमा डुबाएर ...

Read story ↗
निकालिएका शिक्षकलाई बोलाइएन हेडलाईन

निकालिएका शिक्षकलाई बोलाइएन

शर्मिला घले १० वर्षदेखि आँबुखैरेनीको रामशाह मावीमा निजी स्रोतमा अध्यापनरत थिईन् । कोरोनाको संक्रमण फैलिएर विद्यालयको पठनपाठन बन्द भएपछि उनलाई विद्यालयले चैत महिनाको तलब दियो । बैशाख र जेठमा आधा मात्रै दिईयो उनलाई । त्यसपछि जबरजस्त अवकाश पत्र थमाएर उनलाई विद्यालयले निकाल्यो । उनीसंगै विद्यालयमा निजी स्रोतका २४ जना निकालिएका थिए । आर्थिक अवस्था नाजुक ...

Read story ↗
सुविधा थप्दै दमौली अस्पताल हेडलाईन

सुविधा थप्दै दमौली अस्पताल

तनहुँको दमौली अस्पतालले पछिल्लो समय जिल्लाबासीलाई गुणस्तरिय सेवा दिनका लागी नयाँ–नयाँ यन्त्र उपकरण थप गर्न थालेको छ । लकडाउन अगाडीसम्म आफैमा बिरामी अस्पतालको परिचय बनाएको जिल्ला अस्पतालले सेवा थप्दै क्रमिक सुधारको अभियानमा देखिन्छ । अस्पतालमा हालै थाइराइड परिक्षण गर्ने मेसिन थपिएको छ । गण्डकी प्रदेश सरकारले मेसिन उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षणको तयारी भईरहेको अस्पताल ...

Read story ↗
बच्चाका अगाडि झगडा, हामी कति तगडा ? हेडलाईन

बच्चाका अगाडि झगडा, हामी कति तगडा ?

पिपला ढुङ्गाना केहि समय अगाडी एउटि साथिसँग कुरा गर्दै थिएँ । कुरैकुरामा उसले आफ्नो घर झगडाको विषय निकालि । र, भनि – ‘फेरि पनि झगडा भयो यार । मैले बच्चाकै अगाडि झगडा भयो र ? भनेर सोधेँ । उसले भनि, ‘हो बच्चाकै अगाडि भयो’ । जे समस्या भए पनि बच्चालाई नदेखाउनु सकेसम्म भन्दै गर्दा उसले ...

Read story ↗
९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा हेडलाईन

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन ...

Read story ↗