● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
तनहुँ कालिका मन्दिरमा घटस्थापना हेडलाईन

तनहुँ कालिका मन्दिरमा घटस्थापना

दमौली  खबर संवाददाता दमौली, असोज १० गते । व्यास नगरपलिका–४ , दमौली, बागभञ्ज्याङ सामुदायिक वन स्थित तनहुँ कालिका सहिद शान्तिपार्कमा रहेको कालिका मन्दिरमा सोमबार घटस्थापना गरिएको छ ।       बिहानै नित्य कर्म तथा पूजाआजा मन्दिरमा विधिपूर्वक राखेर घटस्थापना गरिएको कालिका मन्दिर निर्माण समितिका सदस्य हरिशरण पण्डितले जानकारी दिनुभयो । फूलपातीको दिन डोली भित्राउने ...

Read story ↗
DFMNEWS
हेडलाईन

आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गर्ने

दमौली खबर संवाददाता असोज १० । आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदल मार्ग हटाउने कार्य अघि बढाएको छ । सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने र अन्य वडामा पनि अतिक्रमण गरेको क्रमश हटाइने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले बुधबार ३५ दिने एक सूचना जारी गर्दै मुख्य सडकको नालाबाट ३ मिटर छोडेर ...

Read story ↗
जनता आवास कार्यक्रमः छाप्रोको बासबाट मुक्ति पाउँदा बिपन्न परिवारमा खुसीयाली हेडलाईन

जनता आवास कार्यक्रमः छाप्रोको बासबाट मुक्ति पाउँदा बिपन्न परिवारमा खुसीयाली

दमौली खबर संवाददाता असोज १० गते ।  । यहाँ सञ्चालन भईरहेको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुई सय ८६ घर निर्माण गरिएको छ । घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् । वषौंदेखि छाप्रोमा बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन् । जिल्लाका १० वटै पालिकामा सो सङ्ख्यामा घर निर्माण गरिएको ...

Read story ↗
शुक्लागण्डकी नगरपालिकामा अतिक्रमण बनाइएका संरचना हटाइने हेडलाईन

शुक्लागण्डकी नगरपालिकामा अतिक्रमण बनाइएका संरचना हटाइने

दमौली खबर संवाददाता तनहुँ, असोज ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाइने भएको छ । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजानिक सूचना जारी गरिसकेको छ । ...

Read story ↗
बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रशासनद्धारा विभिन्न निर्देशन हेडलाईन

बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रशासनद्धारा विभिन्न निर्देशन

दमौली खबर संवाददाता तनहुँ, असोज ८ ।  चाडपर्वको अवधिमा बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न निर्देशन गरेको छ ।     कार्यालयले विज्ञप्ती प्रकाशन गरि निर्देशन गरेको हो । अनुगमनका क्रममा भेटिएका प्रयोग गर्ने अवधि समाप्त भएका सामाग्रीलाई तत्काल नष्ट गर्ने र नमूना परीक्षण गर्न आवश्यक पर्ने भएको खण्डमा प्रक्रिया पुरा ...

Read story ↗
व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने हेडलाईन

व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने

दमौली खबर संवाददाता दमौली, भदौ ८ गते । व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने भएको छ । यसको लागि नगरपालकाले गण्डकी प्रदेश सरकार समक्ष नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रस्ताव पेश गर्ने भएको छ ।      नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको ...

Read story ↗
कलाकार शाहको मुद्धाको सुनुवाई असोज २६ गते हुने हेडलाईन

कलाकार शाहको मुद्धाको सुनुवाई असोज २६ गते हुने

दमौली खबर संवाददाता तनहुँ, असोज ८ गते । स्थगित भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइको मिति तोकिएको छ । दशैं पछि असोज २६ मुद्धाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।  नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर तनहुँ कारागारमा थुनामा रहेका अभिनेता शाहको मुद्दामा असोज २ गते हुने भनिएको थियो ...

Read story ↗
म्याग्दे गाँउपालिका भित्रका अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमा नै पुगेर खोप हेडलाईन

म्याग्दे गाँउपालिका भित्रका अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमा नै पुगेर खोप

दमौली खबर संवाददाता      वि वि श्रेष्ठ किलचोक – तनहुँ म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३, को किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिईएको छ । पुर्ण अशक्त रहि क श्रेणीको अपाङ्गता रहेका वर्ष ३२ का पुर्ण वहादुर ...

Read story ↗
DFMNEWS
हेडलाईन

लागुऔषधको बिरुद्ध सचेतना जगाऔं

दमौली खबर संवाददाता तनहुँ प्रहरी बुधबार २२ किलो गाँजा सहित तनहुँ प्रहरीले बुधबार विहान दुई महिला र एक पुरुष गरी तिन जना पक्राउ गरेर राम्रो काम गरेको छ । पृथ्वी राजमार्ग सडक खण्डमा पर्ने अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको मे १ ख ३१९५ नं.को बसलाई रोकी चेकचाँज  ...

Read story ↗
जिपी कोइरालामा पत्थरीको शल्यकृया सफल हेडलाईन

जिपी कोइरालामा पत्थरीको शल्यकृया सफल

दमौली खबर संवाददाता दमौली, असोज ६ गते । तनहुँमै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ ।  शुक्लागण्डकी नगरपालिकाको  दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो ।  सर्जन डा.परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा.रमेश घिमिरे, डा. अभिषेक ...

Read story ↗
म्याग्देकी १०० वर्षे आमालाई घरमै पुगेर कोभिड खोप हेडलाईन

म्याग्देकी १०० वर्षे आमालाई घरमै पुगेर कोभिड खोप

दमौली खबर संवाददाता दमौली, असोज ६ । तनहुँमाको म्याग्दे गाउँपालिकामा १०० वर्षिय आमालाई घरमै पुगेर कोभिड रोग विरुद्धको खोप लगाईएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा कोभिडको बिहीबार फाईजर खोप दिईएको हो ।  शिविरको तेश्रो दिन म्याग्दे–२,को ऋषीथुम भैसीखर निवासी १०० वर्षको धनमायापरियारलाई कोभिडको दोश्रो चरणको खोप लगाईएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलब ...

Read story ↗
पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश हेडलाईन

पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश

दमौली खबर संवाददाता  तनहुँ असोज ६  । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बिहीबार नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेश गर्दै पूर्वआइजीपी खनालले अध्यक्ष ओली जत्तिको नेपालमा अर्को कुनै नेता नभएको ...

Read story ↗