● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

राष्ट्रपति पौडेलद्धारा पदभार ग्रहण

दमौली खबर संवाददाता काठमाडौं, फागुन ३० नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत ...

Read story ↗
DFMNEWS
हेडलाईन

चोरी गरेको मोटरसाइकल सहित युवक पक्राउ

दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते चोरी गरेको मोटर साईकल सहित तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन भरतपुर म.न.पा.वडा नं. १६ घर भएका बर्ष २७ को राजकुमार थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले फागुन २५ साँझ तनहुँको देवघाट गाउँपालिका–५ टाउनचोक बस्ने घनश्याम अधिकारीको घर अगाडी पार्किङ गरी राखेको ना ...

Read story ↗
अध्यक्ष भट्टराईद्धारा शिक्षक कल्याणकारी कोषको लागि दुई लाख सहयोग हेडलाईन

अध्यक्ष भट्टराईद्धारा शिक्षक कल्याणकारी कोषको लागि दुई लाख सहयोग

दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गर्नुभएको छ । अध्यक्ष भट्टराईले आईतबार सो रकम नेपाल शिक्षक सङ्घ तनहुँका अर्थ सचिव राजु ढकाललाई रकम प्रदान गर्नु भएको हो । समस्यामा परेका शिक्षकलाई मद्धत पु¥याउने उद्धेश्यले नेपाल शिक्षक सङ्घ ...

Read story ↗
आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस सम्पन्न  प्रदेश सरकार खारेजी गर्न नहुने मन्त्री शर्माको भनाई हेडलाईन

आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस सम्पन्न प्रदेश सरकार खारेजी गर्न नहुने मन्त्री शर्माको भनाई

दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते नेपाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेश सरकार खारेजी गर्न नहुने बताउनु भएको छ । आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनु भएको हो । देश विकासको लागि तीन तहकै सरकारको आवश्यकता रहेको बताउनु भएको छ । ...

Read story ↗
पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दीप प्रज्ज्वलन हेडलाईन

पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दीप प्रज्ज्वलन

दमौली खबर संवाददाता तनहुँ, फागुन २६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामूख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको गृह जिल्ला तनहुँमा दिप प्रज्ज्वलन गरिएको छ । देशको तेस्रो राष्ट्रपति बनेकोमा सदरमुकाम दमौलीका अतिरिक्त जिल्लाका अन्य स्थानहरुमा दीप प्रज्ज्वलन गर्ने लड्डु खाएर र खुवाएर खुसी साटासाट गरिएको हो । सदरमुकाम दमौलीको अनसन चौतारी चोकमा ...

Read story ↗
महिला हाफ खुल्ला म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मीलाई हेडलाईन

महिला हाफ खुल्ला म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मीलाई

दमौली खबर संवाददाता तनहुँ फागुन २५ तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जित्नु भएको छ । व्यास गुफा देखि व्यास नगरपालिका–११ को तनहुँसूरसम्मको २१ किमी दुरी जुम्ला घर हुनु भएकी धावक न्यौपानेले एक घण्टा ४७ मिनेट ५१ सेकेण्डमा पार गरी न्यौपाने प्रथम हुनु भएको हो । व्यास नगरपालिकाले ...

Read story ↗
व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग मनाए होली हेडलाईन

व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग मनाए होली

दमुली खबर संवाददाता तनहुँ, फागुन २३ गते तनहुँका एक पालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगरपालिकाका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका हुन् । जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरु खुसी भएका थिए । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका ...

Read story ↗
DFMNEWS
हेडलाईन

शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी

दमौली खबर संवाददाता दमौली, फागुन २२ तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट,चन्द्रमणि कोइराला र रसामाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि प्रयाश भई रहे पनि अध्यक्षका आकांक्षी भट्टराईले मैदान नछाड्ने घोषणा गर्नु भएको थियो । ...

Read story ↗
१८ बुँदे माग राख्दै तनहुँका कृषकहरु आन्दोलित हेडलाईन

१८ बुँदे माग राख्दै तनहुँका कृषकहरु आन्दोलित

दमौली खबर संवाददाता दमौली, फागुन २२ १८ बुँदे विभिन्न माग राख्दै तनहुँका कृषकहरु आन्दोलित भएका छन् । तनहुँका व्यवसायिक कृषकहरु एक जुट भई सङ्घष समिति नै गठन गरेर पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार देखि आन्दोलित भएका हुन् । उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नु परेपछि बिहीबार कृषकहरुले आन्दोलन गर्ने घोषणा गरेका थिए । सोही ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा मानव वन्यजन्तुबीचको द्धन्द्ध बढ्यो, पाँच वर्षमा १४ जना बालबालिकाको मृत्यु

दमौली खबर संवाददाता दमौली, फागुन २१ गते तनहुँमा मानव र वन्यजन्तुबीचको द्धन्द्ध बढेको छ । पाँच वर्षका अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । कार्यालय ...

Read story ↗
DFMNEWS
हेडलाईन

सरकारसँग भएका ५१ बुँदे सम्झौता कार्यान्वयनमा शिक्षक संघले आन्दोलन गर्ने

दमौली खबर संवाददाता दमौली, फागुन २१ । नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन शनिवार बाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्नुभयो । सो अवसरमा पौडेलले शिक्षकहरूको हितका लागि सरकारसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी निर्णायक आन्दोलनको तयारी शिक्षक संघले गरिरहेको उद्घोष गर्नुभयो । ...

Read story ↗
तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु हेडलाईन

तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु

दमौली खबर संवाददाता तनहुँ, फागुन १९ पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशैभर सुरु गरेको मिसन ग्रासरुट अभियान तनहुँमा पनि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले बिहीबार पत्रकार सम्मेलन गरी दुई महिना सम्म अभियान सञ्चालन गरिने जनाएको छ । वैशाख ४ गते सम्म अभियान सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । ...

Read story ↗