● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

वीपी विचार समाजद्धारा नेता पौडेलको स्वास्थ्य लाभको कामना

वीपी विचार समाज तनहँुले नेपाली काँगे्रसका क्षेत्रीय प्रतिनिधि ईन्द्रप्रसाद पौडेलको स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । विपि विचार समाजका क्षेत्रीय सभापति समेत रहेका पौडेल केही अघि देखि निमोनियाको समस्याले पोखरा स्थित आशा हस्पिटलमा उपचारत थिए । थप उपचारको लागि उनलाई हेलिकप्टर मार्फत काठमान्डौंको के.याम.सी हस्पिटलको इमर्जेन्सी कक्षमा भर्ना गई उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको ...

Read story ↗
DFMNEWS
समाचार

८ पालिकामा थपिए ४१ संक्रमित

तनहँुको ८ पालिकामा आईतबार ४१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको व्यास,शुक्लागण्डकी,भान,ऋषिङ, आँबुखैरेनी,बन्दिपूर, घिरिङ र भिमादमा ४१ नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयको अनुसार सबै भन्दा धेरै व्यास नगरपालिकामा थपिएका छन् । व्यासको विभिन्न वडाहरुमा कुल १२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितहरु बजारीक्षेत्रका बढी रहेका ...

Read story ↗
DFMNEWS
समाचार

बृद्धाश्रममा न्यानो कपडा वितरण

परोपकार महासंघ नेपालकी आजीवन सदस्य नोमा थापाले व्यास ५ पाटन स्थित बृद्ध आश्रम पुगी बृद्धहरूलाई न्यानो कपडा वितरण गरेकी छिन् । छोरा इभोराइट थापाको २१औं जन्मउत्सवको अवसर पारी थापाले न्योनो कपडा वितरण गरेकी हुन् । डिसु नेपाल तनहुँकी अध्यक्ष समेत रहकी थापाले विगतका वर्षहरूमा समेत आश्रमप्रति यस्ता सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आईरहेकी आश्रमका कोषाध्यक्ष कृष्णराज ...

Read story ↗
DFMNEWS
समाचार

सडक डिभिजनले ४ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्दै

तनहुँ । सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६र०७७ मा कोभिड(१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७र०७८ को शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार ...

Read story ↗
DFMNEWS
समाचार

एम्वुलेन्सको ठक्करबाट युवक घाइते

भानु नगरपालिका–१ सालबिसनीमा आइतबार दिउसो एम्वुलेन्सको ठक्करबाट एक युवक घाइते भएका छन् । लमजुङको भन्सारबाट तनहुँको डुम्रे तर्फ आउँदै गरेको बा.५ च ६२५८ नं.को एम्बुलेन्सले आइतबार दिउसोको समयमा पर्साजिल्ला हरैचा गाउँपालिका–४ घरभई भानु–१ बस्ने पैदल यात्री नम्मी माझीलाई ठक्कर दिएको हो ।मोती क्लिनिक डुम्रेमा सामान्य उपचारपछि घाइते माझीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ...

Read story ↗
DFMNEWS
समाचार

किसान खेतबारीमै व्यस्त

सविन लामिछाने दमौली, किसानहरु यतिखेर जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारोमा छन् । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कतिले धान भित्राएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको ...

Read story ↗
DFMNEWS
समाचार

दमौलीको शान्ति उद्यानमा मन्दिर निर्माण

एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति उद्यान ९पार्क०मा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेको शान्ति पार्कभित्र रु दुई करोड ५६ लाखको लागतमा प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण सम्पन्न भएको हो । पार्कका कोषाध्यक्ष ...

Read story ↗
DFMNEWS
समाचार

सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि सहयोग

सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाले ५१ हजार प्रदान गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास १० ले प्रारम्भ गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागी व्यासनगरपालिका वडा नम्बर १० दुम्सी स्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले रु ५१ हजार १ रुपैयाँ सहयोग गर्ने भएको हो । उक्त सहकारीका व्यवस्थापक ...

Read story ↗
DFMNEWS
समाचार

तिहारपछि व्यासका विद्यालय खुल्ने

व्यास नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय तिहारपछि मात्र खुल्ने भएका छन् । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार बसेको बैठकले बैठकले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले मंसीर २ गतेसम्म प्रत्यक्ष कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । नगरप्रमुख न्यौपाने, उपप्रमुख मिरा जोशी, संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिलगायत सरोकारवालाको बैठकले तिहारसम्म प्रत्यक्ष कक्षा चलाउन कोरोनको ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ हाइड्रोका मजदुर पुनः आन्दोलित

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् । पोजिटिभ आएका मजदूरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि विरोध गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको मोती श्रेष्ठले जानकारी दिनुभयो । तनहुँभन्दा बाहिरी जिल्लाबाट मजदुर आउँदा सात दिन क्वारेन्टिनमा राखी पिसीआर ...

Read story ↗
DFMNEWS
समाचार

सवारी दुद्र्यटनामा युवकको मृत्यु

आँबुखैरेनी गाउँपालिका २ ढापटारमा बिहीबार राति ११.०० बजे भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३(०२(१३ प २१०६ न. को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं.को ट्रकमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका ४ का १९ वर्षीय अन्जन ...

Read story ↗
DFMNEWS
समाचार

आइसोलेसन खाली, होम आइसोलेसनमा संक्रमीत

पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा खर्च आफैले व्यहोर्नुपर्ने चिन्ताले लक्षणयुक्त संक्रमितसमेत होम आइसोलेसन बस्न थालेका हुन् । स्वास्थ्य कार्यालय तनहँुका अनुसार यहाँका सक्रिय संक्रमितको ४५.३३ प्रतिशत अर्थात एक सय ३६ जना होम आइसोलेसनमा बसेका छन् ।कार्यालयका प्रमुख शंखरबाबु अधिकारीका अनुसार शनिबार सम्म ...

Read story ↗