● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

‘मेरा पनि सुखका दिन आए’

नन्दकुमारी दवाडीलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। उनी अहिले सायद ७७÷७८ वर्षकी भइन्। उनका १५ छोरा जन्मिए। १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोरा विवाह गरेर ससुराली तिरै बस्छ । नन्दकुमारीको बस्ने ठेगान छैन । कहिले कहाँ बस्छिन् कहिले कहाँ । अहिले उनि ऋषिङ १ झापुटारमा भाडामा घर लिएर बसेकी छिन् । ...

Read story ↗
पात बेच्ने आमालाई जापनबाट लालचनको सहयोग समाचार

पात बेच्ने आमालाई जापनबाट लालचनको सहयोग

मंसिर ४ दमौली बिगत लामो समय देखि तनहुँको सदरमुकाम दमौलीमा सालको पात बेच्दै जीवन निर्वाह गरेकी रिसिड १ निवासी नन्दकुमारी दवाडीलाई जापनबाट एक युवकले सहयोग गरेका छन् । पोखरा घर भइ हाल जापन बस्दै आएका सुजन लालचनले दस हजार छ सय बराबरको भाडा, खाध्यन र नगद सहयोग गरेका छन् । केही दिन अघि मात्र स्थानी ...

Read story ↗
DFMNEWS
समाचार

मानहँुकोटमा पुरुष मृत फेला

जिल्लाको व्यास ५ मानहुँकोटमा एक व्यक्ति मृत फेला परेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बनेको मानहुँकोटमा बुधबार १ पुरुष मृत फेला परेका हुन् । शुक्लागण्डकी ७ खैरेनीटारका ३५ वर्षीय सागर थापा मानहुँकोटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘हामीलाई ११ बजे जानकारी आएपछि अनुसन्धानमा ...

Read story ↗
DFMNEWS
समाचार

मृगौला रोगीलाई सहज बनाउदै मन्जु डायालासिस

कुनै समय थियो जब जिल्लामा डायलासिस केन्द्र नहुदाँ अन्य जिल्लामा पुगेर मृगौला बिरामीले डायलासिस गर्नुपर्ने बाध्यता रहेको थियो । त्यसपछि विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भयो । दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले बुधबारबाट पाँच वर्ष पूरा गरेको छ । केन्द्रले पाँच वर्षको अवधिमा ...

Read story ↗
मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह समाचार

मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह

दमौली मंसिर ४ नेपाली कांग्रेस तनहुँका युवा नेता तथा मानहुँकोट प्रबद्र्धनमा अभियान चलाइरहेका चाम बहादुर थापाले मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको तनहुँको मानहुँकोट सामाजिक संजालमा एकाएक भाइरल बने पछि नेपालकै बिभिन्न जिल्लाबाट मानहुँकोटबाट सुर्यदय हेर्न आउने आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ । पर्यटकको गन्तब्य ...

Read story ↗
सञ्चारकर्मी परियारद्वारा बृद्धलाई खाद्यान्न सहयोग समाचार

सञ्चारकर्मी परियारद्वारा बृद्धलाई खाद्यान्न सहयोग

दमौली २८ कार्तिक सालको पात बेचेर जिवन निर्वाह गर्ने आमालाइ तनहुँका सञ्चारकर्मी दमौली एफएममा कार्यरत राजेन्द्र परियारले खाद्यान्न सहयोग गरेका छन । बिगत लामो समय देखि दमौली बजारमा सालको पात बेच्दै आएकी आमालाइ सञ्चारकर्मी परियारले उनको घरमा गएर चामल,दाल,सोयाबिन बिस्कुट लगाएतका खाद्यवस्तुमा शुक्रबार हस्तान्तरण गरेका हुन । जाडो मौसममा खानपिनको अभाव नहोस भनेर सहयोग गरेको ...

Read story ↗
DFMNEWS
समाचार

राधाकृष्णको मुर्ती अनावरण

व्यास ४ सितलचोकमा नवनिर्मित राधाकृष्ण मन्दिरमा भगवान् गणेश र राधाकृष्णको युगल मुर्तिको अनावरण एबम प्राण प्रतिष्ठा कार्य गरिएको छ । उक्त समारोहमा व्यास ४ का वडा अध्यक्ष विश्व न्यौपानेले एक वर्ष अगाडि आफैंले शिलान्यास गरेको मन्दिरमा मुर्तिको अनावरण गर्न पाउदा हर्षित भएको अनुभूति व्यक्त गर्दै मन्दिरको बाकी कामलाई सम्पन्न गर्न वडा कार्यालय सधैं तत्पर रहेको ...

Read story ↗
DFMNEWS
समाचार

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

तनहुँको व्यास नगरपालिका ५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । ‘मानहुँकोटको ...

Read story ↗
DFMNEWS
समाचार

रहेनन् पूर्वमन्त्री गौतम

पूर्वमन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधन भएको छ । निमोनिया रोगबाट ग्रस्त गौतमको ७० बर्षको उमेरमा बन्दीपुर १ पिप्लेस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गरिएको छ ...

Read story ↗
DFMNEWS
समाचार

कोदोको उत्पादन घट्दो,माग बढ्दो

तनहँुको पहाडी ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी अहिले बाँझो हुदै गएको छ । म्याग्दे १ बाख्रेकी गोमा न्यौपानेले पहिला ...

Read story ↗
DFMNEWS
समाचार

लागुऔषध सहित तीन युवक पक्राउ

जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ कोत्रेबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका ४ निवासी २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षीय मनोज क्षेत्री र गोरखा आरुपोखरीथोक घरभई शुक्लागण्डकी नगरपालिका २ हलेदी निवासी ३० वर्षीय रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट १ सय ४ थान डाईजापाम, ८९ थान ...

Read story ↗
DFMNEWS
समाचार

भरुवा बन्दुकसहित पक्राउ

जिल्लाको भीमाद नगरपालिका वडा नं २ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा सोही वडाको सीमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले थापालाई बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले ...

Read story ↗