● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

चाडपर्वमा ७२ जुवाडे पक्राउ

तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, ...

Read story ↗
DFMNEWS
समाचार

लोकतन्त्र खतरामा प¥यो ः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्दैै गएको टिप्पणी गरेका छन् । अहिलेको सरकारको गतिविधीले लोकतन्त्र खतरामा परेको उनको भनाई छ । ‘विभिन्न संघर्षबाट स्थापित लोकतन्त्र खतरामा पर्दै गयो । सरकारले आफ्ना गतिविधी सच्चाउन आवश्यक छ’, उनले भने । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवम समाजवादी पार्टीका केन्द्रिय सल्लाहाकार भीमप्रसाद गौतमको १३ औ दिनको ...

Read story ↗
DFMNEWS
समाचार

नेपाल शिक्षक संघ तनहुँकाे बैठक सम्पन

दमौली । नेपाल  शिक्षक संघ जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएकाे छ ।सरकारले जिल्लाहरूमा दरबन्दी मिलानकाे नाममा बि सं २०५६ सालभन्दा अगाडि तात्कालिक शिक्षा मन्त्री गाेविन्दराज जाेशी काे कार्यकालमा वितरित शिक्षक दरबन्दी अाज २२ बर्ष पछि व्यापक कटाैती हुन लागेको परिप्रेक्ष्यमा सरकारी उक्त निर्णयकाे विरूद्दमा उक्त बैठक विस्तारित रूपमा बाेलाईएकाे थियोे । बैठकमा सम्पूर्ण शिक्षकहरूले गाेविन्दराज ...

Read story ↗
DFMNEWS
समाचार

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकी प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने

दमौली, रासस गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ(बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सडक कालोपत्रेको बिहीबार शिलान्यास गर्नुभएको छ ...

Read story ↗
DFMNEWS
समाचार

उकालो लाग्दै कोरोना संक्रमण दर

तनहँुमा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे शुक्लागण्डकी र भिमादमा एक÷एक जना संक्रमितको ज्यान गएको हो । म्याग्दे का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। त्यस्तै शुक्लागण्डकी ...

Read story ↗
DFMNEWS
समाचार

छिम्केश्वरीमा विकासको लहर

‘पहिला यसरी विकास हुन्थेन्, अहिले विकासको लहरै आएको छ ।’ स्थानिय ७७ वर्षीया सरिता गुरुङले विगतलाई सम्झीदै भनिन् ।‘पहिला बजारमा सामान किन्न जान एक दिन नै लाग्थो, अहिले त तीन घण्टामै आँबुखैरेनी बजारबाट सामान लिएर आउन सकिन्छ । ’ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी पुग्न अझै पनि कच्ची सडक खण्ड रहेको छ । छिम्केश्वरीको ...

Read story ↗
DFMNEWS
समाचार

सवारी दुद्र्यटनामा बालकको मुत्यु

भानुमा सवारी दुर्घटनामा एक ८ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान १० ः४५ बजे तनहुँको भानु नगरपालिका ५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय बाङ्गेरुवाका ८ वर्षीय बालक आइज्याक सिंखडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । पैदलयात्रा गरिरहेका बालकलाई चन्द्रावतीबाट डुम्रे तर्फ जाँदै गरेको बा ...

Read story ↗
DFMNEWS
समाचार

मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह

दमौली खबर संवाददाता दमौली । नेपाली कांग्रेस लतनहुँका युवा नेता तथा मानहुँकोट प्रबद्र्धनमा अभियान चलाइरहेका चाम बहादुर थापाले मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको तनहुँको मानहुँकोट सामाजिक संजालमा एकाएक भाइरल बने पछि नेपालकै बिभिन्न जिल्लाबाट मानहुँकोटबाट सुर्यदय हेर्न आउने आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ । ...

Read story ↗
DFMNEWS
समाचार

आँबुखैरेनी–पोखरा सडक विस्तार गरिने

सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय एडीबीले जानकारी दिएको छ। एडीबीको उपआयोजना निर्देशक राकेश महर्जनका अनुसार ८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ। ठेक्काका लागि गत वर्षको कात्तिक २१ ...

Read story ↗
DFMNEWS
समाचार

स्थानीय सरकारको नजर अग्ला डाँडामा

तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ ९भ्यूटावर० निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । घिरिङकोटको डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेको गाउँपालिकाले थप ...

Read story ↗
DFMNEWS
समाचार

कौडा खेलिरहेका१४ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका १ छापबाट कौडा खेलिरहेका १४ जनालाई बुधबार पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरीले स्थानीय रविन पौडेलको खाली घरमा कौडा खेलिरहेका १४ जनाको साथबाट ५५ हजार ६०५ नगद सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर ...

Read story ↗