● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

गण्डकीमा विहीबार ः ७४ जना संक्रमित हुदाँ १ सय ४६ निको

विहीबार गण्डकी प्रदेशको ७ जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय २४ जनाको पिसीआर परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । परिक्षण गरिएको मध्ये ५ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । विहीबार सबैभन्दा धेरै कास्कीमा ४३ जना संक्रमित थपिए । तनहुँमा १३ ...

Read story ↗
DFMNEWS
समाचार

बाख्रामा फस्यो चितुवा

दमौली, तनहुँको भानुमा फेरी अर्को चितुवा पासोमा फसेको छ । भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा विहीबार विहान चितुवा पसेको हो । स्थानिय ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा बिहीबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको हो। बाख्रालाई आक्रमण गर्न खोरभित्र पस्दा चितुवा फसेको डिभिजन ...

Read story ↗
DFMNEWS
समाचार

छिर्कनेबाट १९ जना जुवाडे पक्राउ

जिल्लाको व्यास नगरपालिका– १२ छिर्कनेमा कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । बुधबार राती सादा पोशाकमा खटिएको प्रहरी टोलीले बेलघारीस्थित एक घरमा कौडा खेल्दै गरेका उनीहरु पक्राउ परेका हुन् । लाका प्रहरी कार्यालय भानुमुकामका प्रहरी निरिक्षक प्रकाश भुषालको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका ती जुवाडेको साथबाट तीन लाख १० ...

Read story ↗
DFMNEWS
समाचार

बन्दीपुर केबलकारमा जुट्यो लगानी

पर्यटकिय नगरी बन्दीपुरमा निर्माणधिन बन्दीपुर केबलकारका लागि लगानी जुटेको छ । दक्षिण एशियामै नमूना प्रविधि सहित निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक लिमिटेडको नेतृत्वमा एनएमबी बैंक समेतको समूहले बिहिबार लगानीको लागि सम्झौता गरेका छन् । नेपाल एसबिआई बैंकका काठमान्डौं शाखाका प्रमुख प्रबन्धक विनोद ढुंगाना र एनएमबी बैंक प्रोजेक्ट फाइनान्सका प्रमुख विशाल थापाले ...

Read story ↗
आबुको खहरेबाट बस खस्यो समाचार

आबुको खहरेबाट बस खस्यो

दमौली,आबुखैरेनी गाउपालिका बडा न ३ मिलनचोकको खहरे खोलाबाट बस खस्दा १८ जना घाइते भएका छन । बेनिबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस मा खहरे खोलाबाट खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेका १८ जना मध्ये २ जना गम्भिर घाइते र ११ जना सामान्य रहेका छन । उनीहरुको आँबुखैरेनी स्वास्थ्य चौकीमा ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकीमा थपिए १ सय ६५ संक्रमित

गण्डकी प्रदेशमा ८ जिल्लाका बुधबार थप १ सय ६५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १ जनाको पिसीआर परिक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये २ सय ३६ रिपोर्ट नेगेटिभ आएको छ । थपिएका संक्रमित सबैभन्दा बढी कास्कीमा ६७ जना छन् । नवलपुरमा ६३ जना, तनहुँमा ११ ...

Read story ↗
DFMNEWS
समाचार

चिसोमा जेष्ठ नागरिकलाई सिरक डसना

यतिखेर मंसिरको दोस्रो साता चलिरहेको छ । दैनिक चिसो बढीरहेको बेला आँबुखैरेनी गाउँपालिकामा भने जेष्ठ नागरिकलाई न्यानो सिरक डसना वितरण गरिएको छ । चिसोबाट जोगाउन गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले २० जना बृद्धबृद्धालाई सिरक डसना वितरण गरेको हो । बुधबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा अध्यक्ष पञ्चबहादुर गुरुङले वितरण ...

Read story ↗
DFMNEWS
समाचार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ बुधबाट देशभर सुरु भएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सुरु गरिएको छ । तनहुँको व्यास नगरपालिकाले लैंगिक हिसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको बुधबार सुरु गरेको छ । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले महिला हिंसा हुनै ...

Read story ↗
DFMNEWS
समाचार

दुर्घटनामा ४ घाईते

बुधबार तनहुँमा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाईते भएका छन् । पृथ्वीराजमार्गको शुक्लागण्डकी खण्डमा दुर्घटना भएको हो । शुक्लागण्डकी नगरपलिक–४ दुलेगौडास्थित पोखराबाट दमौली आउँदै गरेको ग १ झ ४६१ नम्बरको टाटा गाडीसँग सोही दिशाबाट आउँदै गरेको लु ६५ प ९५९६ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक शुक्लागण्डकी नगरपलिका–८ का २० बर्षीय देवेन्द्र श्रेष्ठ र मोटरसाईकल ...

Read story ↗
पञ्चायतदेखीको माग मसिना खोलामा झोलुङ्गे पुल बन्दै समाचार

पञ्चायतदेखीको माग मसिना खोलामा झोलुङ्गे पुल बन्दै

मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी नै माग गर्दै आएका थिए । तर, कहिल्यै पुरा भएन् ।  पञ्चायतपछि पनि विभिन्न शासन व्यवस्था फेरिएर अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ...

Read story ↗
तनहुँ ख्रीष्टिय युवा संगतीद्धारा मानहुँकोट सरसफाई समाचार

तनहुँ ख्रीष्टिय युवा संगतीद्धारा मानहुँकोट सरसफाई

मंसिर १० दमौली तनहुँ ख्रीष्टिय युवा संगतीका जवानहरुले बुधबार तनहुँको भाइरल बनेको मानहुँकोट सरसफाई गरेका छन् । दमौलीबाट ६ कि.मि टाढा रहेको मानहुँकोटमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आएपछि फोहोर मैला व्यवस्थापनमा राम्रोसंग नभएको स्थानियको गुनासो रहेको थियो । बुधबार व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ...

Read story ↗
DFMNEWS
समाचार

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले लगाए ‘मित’ !

केन्द्रीय राजनीतिमा एउटै पार्टी भित्रका नेताबीच विवाद चर्किरहेका बेला नेकपाका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाएका छन् । अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मित लगाएका हुन् । परम्परागत विधि अनुसार एक अर्काले भादगाउँले ...

Read story ↗