● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
पुरुष भन्दा कम छैनन् महिला श्रमिक समाचार

पुरुष भन्दा कम छैनन् महिला श्रमिक

पाँच वर्ष अघिनै व्यास नगरपालिका वडा नं ३ बिसघरेकी राममाया गुरुङ घर बनाउने काममा पाको भैसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेकी । लेबर काम गर्दा गर्दै उनी घर बनाउने मिस्त्री बनि सकिन् । पाँच वर्षदेखि उनले दर्जनौँ घर बनाउन आफ्नो श्रम र सीप खर्चिसकेकी छिन् । सुरुमा काम ...

Read story ↗
कांग्रेसको क्षेत्रीय विरोध सभा, ओलीको निरंकुश शैलीले जनता सडकमा ःकाँगे्रस नेता भट्टराई समाचार

कांग्रेसको क्षेत्रीय विरोध सभा, ओलीको निरंकुश शैलीले जनता सडकमा ःकाँगे्रस नेता भट्टराई

संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले शनिवार तनहँुमा प्रदर्शन गरिएको छ । तनहँुको ४ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको तनहँु काँग्रेसले जानकारी दिएको छ । तनहुँमा प्रदेश निर्वाचन क्षेत्र १ (१) को बाईसजाँघर र १ (२) को आँबुखैरेनीमा सभा भएको थियो । यसैगरी २ (१) खैरेनीटार तथा २(२)को घिरिङ देउरालीमा सभा गरिएको थियो । ...

Read story ↗
जेसीआई व्यास नगरको नयाँ पदाधिकारीको पदस्थापना समाचार

जेसीआई व्यास नगरको नयाँ पदाधिकारीको पदस्थापना

जेसिआई व्यास नगर २०२१ का लागि २६ औं शाखा अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष लक्ष्मीभक्त खनाललाई सपथ ग्रहण गराउदै पद ग्रहण गराए ।नेपाल जेसीजका अध्यक्ष अरुनेश्वर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष खनालसहित नव निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ ...

Read story ↗
गाँउलेलाई रोट्रयाक्ट वेदव्यासको न्यानो कपडा सहयोग समाचार

गाँउलेलाई रोट्रयाक्ट वेदव्यासको न्यानो कपडा सहयोग

यसैबीच दमौलीमा रहेको रोट्रयाक्ट वेदव्यास क्लबले उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबको न्यानो कपडा अभियान अन्तर्गत उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऋषिङ गाँउपालिका वडा नं ३ को वडा सदस्य होली माया थापाले क्लबको सहयोग सहनिय रहेको भन्दै धन्यवाद व्यत्त गरिन् । उनले भनिन्,‘यस्तो ...

Read story ↗
सहरले धानेको जीवन समाचार

सहरले धानेको जीवन

चैतमा मकै लगाउनको लागि पूर्णमाया मगर तयारी गदै बसेकी छिन् । उनले ६ आना बारीको लागि मकैको बिउ जोहो गदैछिन् । उनलाई मकै कसरी लगाउने भन्ने पिर भन्दा पनि मकै भित्राउन पाउछु की पाउदीन भन्ने चिन्ताले सताईरहेको छ । उनले भगवान सँग पोहोरको जस्तो नहोस भन्दै कामना गर्छिन् । गएको वर्षको उनले ६ आनामा लगाएको ...

Read story ↗
लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना समाचार

लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुगे । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झरेका उनले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गरे । स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका उनसँग उक्त जग्गाको लालपुर्जा भने छैन । डाँडामाथिको घाम भएका उनलाई सिरानीमा लालपुर्जा राखेर एक रात भए पनि मस्त निदाउने ...

Read story ↗
प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैनः राष्ट्रियसभा सदस्य समाचार

प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैनः राष्ट्रियसभा सदस्य

राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् ।‘राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन् । सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद्भ वनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरिन् । सांसद जीवन ...

Read story ↗
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि अर्काे बुधबार सुनुवाई हुने समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि अर्काे बुधबार सुनुवाई हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामाथि आउने बुधबार पुस २९ गते अर्को चरणको सुनुवाई हुने भएको छ । हिजोको सुनुवाईका क्रममा वकिलहरुले प्रतिनिधिसभा विघटनको विषयमा संवैधानिकभन्दा बृहत पूर्ण इजलासले सही निर्णय लिन सक्ने भन्दै पूर्ण बृहत इजलासमा पठाउन माग गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्धाहरुलाई पूर्ण इजलासमा पठाउनका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले निवेदन पेश गरेको ...

Read story ↗
डेढ लाख घुससहित दमौलीबाट सव–इन्जिनियर पक्राउ समाचार

डेढ लाख घुससहित दमौलीबाट सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार घुस लिएको आरोपमा एकजना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखराको आयोगले भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) तनहँुमा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो । पोखरा आयोगका प्रवक्ता प्रवक्ता मेघनाथ रिजालले विद्यालयको शौचालयको निर्माण सम्पन्न गरेको विवरण बनाए वापत सव –इन्जिनियर अधिकारीले ...

Read story ↗
कागती खेतीमा होमिएका दम्पत्ती समाचार

कागती खेतीमा होमिएका दम्पत्ती

व्यास नगरपालिका–१३ को आसापानीका ३२ वर्षीय राजु रेग्मी र उनकी जिवन संगिनी सिर्जनाले व्यवसायिक रुपमा कागती खेती थालेका छन् । गाउँमा बाँझो रहेको जमिनलाई सदुपयोग गर्दै रेग्मी दम्पत्ती कागती खेतीमा होमिएका हुन् । ६ सय बोट कागतीको बिरुवा लगाएको राजुले बताए । बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ चार ...

Read story ↗
देवघाटमा माघेसक्रान्ति मेला नहुने समाचार

देवघाटमा माघेसक्रान्ति मेला नहुने

पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ...

Read story ↗
सरकारी कार्यालयमा देखिएन सामाजिक दूरी समाचार

सरकारी कार्यालयमा देखिएन सामाजिक दूरी

कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा तनहुँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् । अन्य कार्यालयमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै यो समस्या रहेको छ ...

Read story ↗