● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
ट्यांकरले ठक्कर दिँदा किशोरीको मुत्यु समाचार

ट्यांकरले ठक्कर दिँदा किशोरीको मुत्यु

पृथ्वी राजमार्ग अन्तगत जिल्लाको आँबुखैरेनी चोकमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार किशोरीको ज्यान गएको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ अ आँबुखैरेनी चोकमा आइतबार बिहान मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको एनएल ०१ एन २९८६ नम्बरको भारतीय ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने ...

Read story ↗
जोखिममा मानव र वन्यजन्तु समाचार

जोखिममा मानव र वन्यजन्तु

बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो । अन्दाजी सात र आठ वर्षको चितुवा ३८ किलोको रहेको चितुवा विषादी प्रयोग भएको आहारा खाएर मृत अवस्थामा भेटिएको प्रारम्भिक आँकलन गरिएको छ ...

Read story ↗
ऋषिङमा अपाङ्गता समावेशी कार्यक्रम समाचार

ऋषिङमा अपाङ्गता समावेशी कार्यक्रम

माघ ३०, दमौली । नेपाल रेड्क्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । ऋषिङमा भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ रहेका थिए । उनले कार्यक्रममा रेडक्रस तनहँु शाखाले ६५ लाख बराबरको कार्यक्रम लागु हुदा निकै खुशि ब्यक्त गरे । अपाङता भएका चार सय ...

Read story ↗
ट्राफिक व्यवस्थापनमा सघाउदै स्थानिय सरकार समाचार

ट्राफिक व्यवस्थापनमा सघाउदै स्थानिय सरकार

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले थालेको ट्राफिक व्यवस्थापन अभियानमा स्थानिय सरकारले सघाउन थालेका छन् । राजमार्गमा गुड्ने सवारी साधनहरुको व्यवस्थापनका लागि तनहँुका ५ स्थानिय तहले ट्राफिकलाई साङकेतीक सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाँउपालिका,आँबुखैरेनी गाँउपालिका र बन्दिपूर गाँउले ट्राफिकलाई साङकेतीक सामग्री सहयोग गरेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर ...

Read story ↗
निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक समाचार

निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य, एवंम् जिल्ला अध्यक्ष एवं निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष रत्नकुमारी श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी माता पित्तकुमारी श्रेष्ठको ६७ वर्षको उमेरमा मंगलबार साँझा काठमान्डौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अस्वस्थताका कारण काठमाण्डौमा उपचार गराईरहेकी श्रेष्ठकी आमाको रक्त संक्रमणका कारण निधन बताईएको छ । सामुदायिक ...

Read story ↗
बलात्कारीलाई सजाय दिन माग समाचार

बलात्कारीलाई सजाय दिन माग

बैतडीको दोगडाकेदार गाउँपालिका ७ कतोला चडेपानीकि १७ वर्षीया भागरथी भट्टको बलात्कारपछी हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन अखिल नेपाल महिला सघं तनहुँले बुधबार ज्ञापन पत्र बुझाउदै । तस्बिर ः दमौली खबर

Read story ↗
पूर्व गृहमन्त्री जोशीलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता लिन तनहुँ काँग्रेसको सिफारिस समाचार

पूर्व गृहमन्त्री जोशीलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता लिन तनहुँ काँग्रेसको सिफारिस

माघ २९, दमौली । नेपाली काँगेस्र जिल्ला कार्यसमिति तनहँुले पार्टीका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रलाई सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन भन्दै केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको जिल्ला सभापति बैकुण्ठ न्यौपानेले जानकारी ...

Read story ↗
नगरपालिका कर्मचारी सहित १७ जना पुरस्कृत समाचार

नगरपालिका कर्मचारी सहित १७ जना पुरस्कृत

व्यास नगरपालिकाको ३४ औ नगर सभामा उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा नगरपालिकाको शाखा प्रमुखमा वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसि, शाखा अधिकृत मेघनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाई शाखा प्रमुख ...

Read story ↗
व्यास ६ लाई दुई वडामा विभाजन तीन वडाको सीमाना हेरफेर समाचार

व्यास ६ लाई दुई वडामा विभाजन तीन वडाको सीमाना हेरफेर

जिल्लाको व्यास नगरपालिकाले व्यासको वडा नं ६ लाई दुई वटा वडामा विभाजन गर्ने भएको छ । व्यास नगरपालिकाको ३४ औं नगर सभाले उक्त वडालाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताब सर्वसम्मत रुपमा पास गरेको हो । साविक श्याम्घाको वडा नं १,२,३ र ४ लाई एक वडा बनाउने र वडा नं ५,६,७,८र ९ लाई अर्को वडा बनाउनका ...

Read story ↗
वडाध्यक्षको ‘तिम्रो यादमा पिउने बानीले’ समाचार

वडाध्यक्षको ‘तिम्रो यादमा पिउने बानीले’

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि मदिरा पिउने बानी बसेको भाव गीतले प्रस्तुत गरेको छ । वेभ क्याफे युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा श्रेष्ठसंगै मनराज गुरुङको पनि शब्द छ । ...

Read story ↗
तनहँुमा कोरोनाका २२ सक्रिय संक्रमित समाचार

तनहँुमा कोरोनाका २२ सक्रिय संक्रमित

मंगलबार जिल्लामा दुई संक्रमित थपिएका छन् । जिल्लाको ऋसिङ गाँउपालिका वडा नं २ मा महिला पुरुष १÷१ गरि दुई जना संक्रमण पहिचान भएको छ । यो सँगै कोरोनाका संक्रिय संक्रमितको संख्या २२ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार जिल्लामा १२ पुरुष र १० महिला गरि २२ जना सक्रिय संक्रमित रहेका छन् ...

Read story ↗
व्यासको ३४ औं नगर सभा आज समाचार

व्यासको ३४ औं नगर सभा आज

जिल्लाको अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको आज ३४ औं नगर सभा हुने भएको छ । नगरसभामा चालु वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम समिक्षा प्रस्तुत,संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत, संशोधित आर्थिक विधेयक २०७७ प्रस्तुत, संशोधित विनियोजन विधेयक २०७७ प्रस्तावहरु पारित गरिने भएको छ । त्यस्तै सभामा वडा सिमाना हेरफेरको प्रस्ताव पनि गरिने बताईएको छ । नगरपालिको ...

Read story ↗