● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो हुने समाचार

तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो हुने

दमौली खबर संवाददातागएको वैशाख २२ गतेदेखि तनहँुमा जारी निषेधाज्ञालाई केही खुकुलो पारिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । हरेक दिन बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक वस्तु तथा सेवा खोल्न पाउने, बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाईने ...

Read story ↗
थपिए ४७ संक्रमित समाचार

थपिए ४७ संक्रमित

दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २४ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट तनहँुका दुई जनाको ज्यान गएको छ । भिमाद नगरपालिका वडा नं ६ का ७८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका ...

Read story ↗
रगत अभाव टार्न रक्तदान समाचार

रगत अभाव टार्न रक्तदान

दमौली खबर संवाददाताकोरोना संक्रमणले गर्दा रगत संकलन कार्य लगभग ठप्प जस्तै छ । यसैले अस्पतालमा बिरामीहरूले समयमा रगत पाउन धौधौ पर्ने गरेको छ । त्यसैले रगत अभावमा अकालमा बिरामीको मृत्यु नहोस् भनेर दमौलीका युवाहरू महामारीको वेला रगत कम हुन नदिन रक्तदानमा जुटेका छन् । लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ दमौली तनहुँले शनिबार ...

Read story ↗
तनहँुसुरमा जन्मिएका कृष्णचन्द्र बने गण्डकी प्रदेशको मुख्यमन्त्री समाचार

तनहँुसुरमा जन्मिएका कृष्णचन्द्र बने गण्डकी प्रदेशको मुख्यमन्त्री

दमौली खबर संवाददातागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको ...

Read story ↗
नागरिकले चुनेका प्रतिनिधिले नै बिगारेको देश : देश बनाउन कस्तो हुनुपर्छ हाम्रो भूमिका ? समाचार

नागरिकले चुनेका प्रतिनिधिले नै बिगारेको देश : देश बनाउन कस्तो हुनुपर्छ हाम्रो भूमिका ?

मी यस्तो देशका नागरिक हौँ, जहाँ पीएचडी डाक्टर, प्रोफेसर, इञ्जिनीयर, अर्थशास्त्री, पत्रकार, बैंकर साथै अन्य पेशामा आबद्ध पढेलेखेका नागरिकहरू एसएलसी फेल भएका र मन्द बुद्धि भएका नेतालाई भोट हालेर सुन्दर भविष्यको कल्पना गर्दछौँ । जसको चेतनामा देशको सर्वाङ्गीण विकास नभएर आफू र आफ्ना भरौटेहरूको पुस्तौँ पुस्ताको मात्र मतलब छ । हामीकहाँ भइरहेको घिनलाग्दो राजनीतिले हाम्रा ...

Read story ↗
गृहमन्त्रीमा गण्डकीका खगराज नियुक्त समाचार

गृहमन्त्रीमा गण्डकीका खगराज नियुक्त

दमौली खबर संवाददाता नेपाल सरकारको गृहमन्त्रीको रुपमा गण्डकी प्रदेशबाट खगराज अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । वि.सं २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसंगै सक्रिय राजनीतिका रहेका अधिकारी लामो समय भुमिगत राजनीतिक जीवन विताएका छन् । २०३६ सालमा  विद्यार्थी आन्दोलनका अगुवाई गरेका उनी दुईपटक ...

Read story ↗
तनहुँ समाज यूकेले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदै समाचार

तनहुँ समाज यूकेले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदै

दमौली खबर संवाददातातनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिए । समाजले सो कार्यका लागि हालसम्म चार ...

Read story ↗
कोरोना संक्रमीत बोक्दै गाँउपालिका अध्यक्ष समाचार

कोरोना संक्रमीत बोक्दै गाँउपालिका अध्यक्ष

दमौली खबर संवाददातागत जेठ २४ गते कोरोना संक्रमण पुष्टि भए पछि बन्दिपूर गाँउपालिका वडा नं ४ का एक दम्पत्ती होमआईशोलेसनमा बसेका थिए । बुधबार श्वास प्रश्वासमा समस्या भएपछि छटपट्याएका थिए । दम्पत्तीका परिवार र छिमेकी आत्तिए । गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन। अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो । गाडी खोजेको केही समय पछि घर अगाडि ...

Read story ↗
हाल सम्मकै न्यून संक्रमित फेला समाचार

हाल सम्मकै न्यून संक्रमित फेला

दमौली खबर संवाददातातनहँुमा मंगलबार पाँच जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका एक महिला र चार पुरुषमा संक्रमण फेला परेको हो । यो तथ्याङक हाल सम्म कै न्युन हो । यस्तै पछिल्लो २४ घण्टा यता तनहँुका एक संक्रमितको ज्यान गएको छ । व्यास १ की ...

Read story ↗
पाको उमेरकाले लगाए भेरोसेल खोप समाचार

पाको उमेरकाले लगाए भेरोसेल खोप

दमौली खबर संवाददाताव्यास नगरपालिका वडा नं ५ कन्टारका ६४ वर्षीय तारा खनाल हतारहतार गदै साँझको साढे चार बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि खनाल खुशी छन् । ‘सरकारले हामीलाई खोपको व्यवस्था गरेर राम्रो ग¥यो । सबैले लगाउन पाए राम्रो हुन्थ्यो’, उनले भने, ‘धेरै अझै छुट्नु भएको छ ...

Read story ↗
व्यासका ८० प्रतिशत संक्रमित होमआइशोलेसनमा समाचार

व्यासका ८० प्रतिशत संक्रमित होमआइशोलेसनमा

दमौली खबर संवाददाताजिल्लाको सदरमुकाम स्थित रहेको व्यास नगरपालिकामा झण्डै दुई सय बराबर सक्रिय कोरोना संक्रमित रहेका छन् । व्यास नगरपालिकाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासमा हाल एक सय ८९ सक्रिय सन्क्रमित रहेका छन । त्यसमध्ये १ सय ५९ होम आइसोलेशन र ३० जना सामुदायिक आइसोलेशनमा छन् । दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि व्यासमा ...

Read story ↗
थपिए ७० नयाँ संक्रमित समाचार

थपिए ७० नयाँ संक्रमित

दमौली खबर संवाददातापछिल्लो २४ घन्टामा तनहुँमा ७० जना नया कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका ३० महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमण बाट शुक्लागण्डकीका एक पुरुषको पोखरामा निधन भएको छ । शुक्लागण्डकी नगरपालिका वडा न ४ का ४३ वर्षीय कोरोना ...

Read story ↗