● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
कारागारमै कैदीबन्दीको क्षयरोग परीक्षण समाचार

कारागारमै कैदीबन्दीको क्षयरोग परीक्षण

दमौली खबरतनहँु कारागारका कैदी बन्दीहरुलाई लक्षित गरी शनिबार सक्रिय क्षयरोग खोजपडइ्ताल शिविर सम्पन्न गरिएको छ । शिविरमा कारागार भित्र रहेका दुई सय ६६ जना कैदी बन्दीहरुको खकार परिक्षण गरिएको छ । जोखिम पुर्ण क्षेत्रमा गरिने कार्यक्रम अन्तर्गत व्यास नगरपालिकाको आयोजना शिविर संचालन गरिएको हो । क्षयरोग नेपालमा एउटा प्रमुख जनस्वास्थ्य समस्या भएको र समयमै पहिचान ...

Read story ↗
एसपी पौडेलको ३ सय ७१ दिन तनहुँ बसाई : समातीए ३ सय ८१ प्रतिवादी समाचार

एसपी पौडेलको ३ सय ७१ दिन तनहुँ बसाई : समातीए ३ सय ८१ प्रतिवादी

दमौली खबर संवाददाताजिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले एक वर्ष जिल्लामा रहँदा तीन सय ८१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा आफ्नो कार्यकालका उपलब्धी सार्वजनिक गरे । उनका अनुसार आर्थिक वर्ष ०७७÷७ ८ मा प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ...

Read story ↗
फेरी उकालो लाग्यो मृत्यु दर समाचार

फेरी उकालो लाग्यो मृत्यु दर

पछिल्लो २४ घण्टामा तनहँुमा ३५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका १४ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट दुई संक्रमितको ज्यान गएको छ ।शुक्लागण्डकी नगरपालिका वडा नं ६ का ६५ वर्षीय पुरुष र सोही पालिकाको वडा नं ११ का ...

Read story ↗
पुरानै योजनाको भरमा ल्यायो व्यासले १ अर्ब ७७ करोड बजेट समाचार

पुरानै योजनाको भरमा ल्यायो व्यासले १ अर्ब ७७ करोड बजेट

दमौली खबर संवाददाताजिल्लाकै ठुलो पालिकाको रुपमा परिचित व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो बजेट गत वर्षको भन्दा २५ करोड बढी हो । कुल बजेटको चालु खर्च तर्फ रु. १ अरब २ करोड ८७ लाख १२ हजार र पूँजीगत ...

Read story ↗
बाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिँदै समाचार

बाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिँदै

राष्ट्रिय समाचार समितितनहुँको बन्दीपुर गाउँपालिका १ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । वडाभित्रका १८० बाख्रापालक कृषकलाई वडा कार्यालयले किम्बुको बिरुवा वितरण गरेको छ । चितवनबाट खरीद ...

Read story ↗
बेच्नको लागी तयार पार्दै नउिरोका मुठा समाचार

बेच्नको लागी तयार पार्दै नउिरोका मुठा

दमौली खबर जिल्लाको व्यास नगरपालकिा वडा न ६ बाह्रबीसेमा बेच्नको लागी तयार पार्दै नउिरोका मुठा । स्थानीय महिलाहरु निषेधाज्ञाको समयमा जङ्गलमा गएर निउरो संकलन गरि बेच्ने गरेका छन् ।

Read story ↗
कोरोना संक्रमित खोज्न वडा तहमा एन्टिजेन परीक्षण समाचार

कोरोना संक्रमित खोज्न वडा तहमा एन्टिजेन परीक्षण

दमौली खबर संवाददातासुरुमा दुई दिन ज्वरो आयो । त्यसपछि शरीर दुख्न थाल्यो । आलस्य र कमजोरी बढ्दै गयो । कोरोना हो कि भन्ने डरले सताउन थाल्यो । तर, परीक्षण गर्न अस्पताल जान नसकेका शुक्लागण्डकी नगरपालिका वडा नं ७ का ३५ वर्षीय पुरुषले वडा स्तरमा आएको स्वास्थ्यकर्मीको टोलीलाई स्वाब दिए । एन्टिजेन मार्फत गरिएको कोरोना परीक्षणमा ...

Read story ↗
DFMNEWS
समाचार

वीपी विचार समाज तनहुँको क्षेत्रीय समिति गठन

विचार समाज तनहुँको विधान २०६७ को दफा १३ले दिएको अधिकार प्रयोग गरी समाजको क्षेत्र नं १ का सभापति केशरबहादुर गुरुङले निम्नानुसार पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । उपसभापतिमा रुद्रनिधी नैनाबस्ती, सचिव कमल खनाल , सह सचिव कृष्ण हमाल , कोषाध्यक्ष एलिशा गुरुङ, सदस्यहरुमा सुनाराम गुरुङ, पञ्चबहादुर गुरुङ, कटक बहादुर थापा , यामबहादुर थापा, लिलचन्द्र पाण्डे, ठाकुरप्रसाद ...

Read story ↗
नेता जोशीद्वारा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली व्यक्त समाचार

नेता जोशीद्वारा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली व्यक्त

दमौली खबर संवाददातानेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं साविक धरमपानी गाउँ विकास समितिका वडा अध्यक्ष रेशमलाल गुरुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्द राज जोशीले गहिरो दुख व्यक्त गरेका छन् । उनले भने, ‘स्वर्गिय गुरुङ्गको हिजो बिहान ६ बजे बन्दिपुर ६ धरमपानी आफ्नै निवासमा निधन भएको हो । उहाँ केहि बर्ष अगाडी देखि अस्वास्थ्य हुनुहुन्थ्यो ...

Read story ↗
८७ थप संक्रमित १ को मृत्यु समाचार

८७ थप संक्रमित १ को मृत्यु

दमौली खबर संवाददाताकोरोना भाइरसको कारणले गर्दा तनहुँमा गत वैशाख २१ गते देखि नै निषेधाज्ञा गरिएको भएपनि सङ्मणदर न्यून गर्न सकिएको छैन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यसरी संक्रमित हुनेमा ४५ महिला र ४२ पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैबीच कोरोना संक्रमणका कारण म्याग्दे ४ थर्पुका ...

Read story ↗
चन्दा उठाएर २९ लाख संकलन गरी एम्बुलेन्स सञ्चालन समाचार

चन्दा उठाएर २९ लाख संकलन गरी एम्बुलेन्स सञ्चालन

दमौली खबर संवाददाताव्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले चन्दा उठाएर एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याएको छ । चन्दा उठाउनको लागि अभियान थालि २९ लाख १४ हजार २१९ रुपैयाँ संकलन गरी सञ्चालनमा ल्याईएको हो ।‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गतेका नेपाल रेडक्रस दिवसको ...

Read story ↗
‘पूर्व मुख्यमन्त्रीलाई सुविधा थप्न लागेको होइन’ समाचार

‘पूर्व मुख्यमन्त्रीलाई सुविधा थप्न लागेको होइन’

दमौली खबर संवाददातागण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट्याएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर आर्थिक भार बढाउन नखोजिएको उनले प्रष्ट्याएका हुन् । सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा ...

Read story ↗