● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी दमौली आउने

दमौली खबर संवाददाता दमौली माघ ३ । गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारी आज दमौली आउनु हुने भएको छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा गत पुष २२ गतेदेखि माघ ४ गतेसम्म संचालित ’पाचौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव–२०७९’ को समापन गर्नको लागि मूख्यमन्त्री अधिकारी दमौली आउनु हुने भएको हो । ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दमौली खबर संवाददाता स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । म्याग्दे गाँउपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु भएको हो । म्याग्दे गाँउपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ अदालतद्धारा कलाकार पल शाहलाई सफाई

दमौली खबर संवाददाता तनहुँ, माघ ३ गते । कलकार पल शाहले आफूमाथि परेको बलत्कार बिरुद्धको मुद्धामा सफाई पाउनु भएको छ । तनहुँ जिल्ला अदालतले कालकार पल शाहलाई सफाई दिएको हो । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा मंगलबार सुनुवाइ पछि सफाई दिएको थियो । नायक शाहले तनहुँबाट सफाई पाए पनि जेलमुक्त हुन भने पाउनु भएको ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ जलविद्युत आयोजनाले सबस्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सहज

दमौली खबर संवाददाता दमौली, माघ ३ तनहुँ जल विद्युत आयोजनाले तनहुँको तीन स्थानमा सब स्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सजह भएको छ । पछिल्लो समय आयोजनाले तनहुँको घिरिङ गाउँपालिकामा ३३÷११ केभीको घिरिङ सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका चार पालिकामा विद्युत सेवा प्रदान गर्न सहज भएको छ । सब स्टेसनले विद्युत प्रशारण सहज बनाउने भएकोले ...

Read story ↗
उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग समाचार

उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग

दमौली खबर संवाददाता तनहुँ, माघ २ व्यास नगरपालिका–१० स्थित उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग गरिएको छ । श्रीकृष्ण प्रणाम् युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिले सहयोग गरेको हो । उज्ज्यालको १० जना निमुखा अनाथ बालबालिकाहरुलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । उक्त न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण ...

Read story ↗
DFMNEWS
समाचार

दमौली अस्पतालमा सबै सेवा २४ सै घण्टा

दमौली खबर संवाददाता दमौली । तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु गरेको छ । माघ १ गतेबाट सेवा सुरु गरिएको हो । सेवाग्राहीलाई रातीको समयमा उपचार गर्न आउँदा महंगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब जानु पर्ने बाध्यता अन्त्य गर्नको लागि सेवा सुरु गरिएको दमौली अस्पताल विकास समितिका ...

Read story ↗
DFMNEWS
समाचार

भानु हत्या घटनाः अरुलाई जोगाउने गुरुङले आफैलाई जोगाउन सकेनन्

दमौली खबर संवाददाता तनहुँ, माघ २ । अरुलाई जोगाउन खोज्दा तनहुँका एक व्यक्ति आफै मृत्यु वरण गर्नु परेको छ । धारिलो हतियार खुँडा लिएर आवेका हिडेका युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका–६ टुहुरे पसल बस्ने वर्ष ४९ को सन्त बहादुर गुरुङको ज्यान गएको हो । । व्यास नगरपालिका –८ रिस्ती बस्ने बर्ष २४ को आशिष ...

Read story ↗
DFMNEWS
समाचार

शोक मनाउन महोत्सव स्थिगित

दमौली खबर संवाददाता तनहुँ, माघ २ । पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने प्रति शोक मनाउन दमौलीमा जारी पाँचौ आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन तथा महोत्सव स्थिगित गरिएको छ । महोत्सवका मुल संयोजक सुजित हिराचन र प्रवक्ता नन्दु थापा मगरद्धारा जारी विज्ञप्तिमा घटना प्रति दुःख व्यक्त गर्दै शोक मनाउन एक दिन सोमबार बन्द ...

Read story ↗
DFMNEWS
समाचार

विमान दुर्घटना प्रति पूर्वगृहमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता दमौली, माघ २ । पोखरामा आईतबार विहान भएको यति एयरलायन्सको जहाज दुर्घटना प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । शोक वक्तव्य जारी गरी नेता जोशीले अन्त्यन्तै दुःखद घटना भएको सबै नेपाली अत्यन्तै दुखीत भएको अनुभव भएको उल्लेख गर्नु भएको थियो । शोक विज्ञप्तीमा यस दुःखत ...

Read story ↗
DFMNEWS
समाचार

कांग्रेसका क्षेत्रीय प्रतिनिधी परियारलाई मातृशोक

दमौली खबर संवाददाता दमौली, माघ २ । व्यास नगरपालिका–८ वर्लाची निवासी काजी परियार मातृ शोकमा पर्नु भएको छ । उहाँको ममतामयी माता टिकामाया परियारको ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधन प्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् । स्वर्गिय आमाको काजक्रिया भानु नगरपालिका–५ सेपावगैंचामा गरिएको छ । आमाको पुस २४ ...

Read story ↗
DFMNEWS
समाचार

विभिन्न स्थानमा गरिएको गोरु जुधाई प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता बन्दीपुर, माघ २ । तनहुँको बन्दिपुरमा माघे संक्रान्ति पर्वको अवसरमा १४ वटा गोरु जुधाई प्रतियोगिता आइतबार सम्पन्न गरिएको छ । बन्दिपुर–२ कुकुर्दी स्थित नारायण– गोपाल युवा क्लबले गोरु जुधाई प्रतियोगिता गरेको थियो । उक्त गोरु जुधाई प्रतियोगितामा हल्थुम्काका नविन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीया भएको छ । गोरु ...

Read story ↗
DFMNEWS
समाचार

खेलकुदमा रुचि भएकालाई सहभागी गराई प्रशिक्षण दिने गरेका छौंः प्रअ गुरुङ

दमौली खबर संवाददाता विद्यालय प्रधानाध्यक एकबहादुर गुरुङ खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण दिइने गरिएकोले प्रथम हुन सफलता मिलेको बताउनुहुन्छ । खेलकुदसम्बन्धी पढाइ गरेका शिक्षकले विद्यार्थीलाई खेलकुदसम्बन्धी शारीरिक प्रशिक्षण ट्रेनिङदेखि खेलकुद सम्बन्धीका आवश्यक सीप सिकाउँदै आउनु भएको उहाँले जानकारी दिनुभयो । शैक्षिकसत्र सुरु भएपछि नियमित पठनपाठनको कार्यसँगै वार्षिक कार्यतालिक ाअनुसार हरेक शुक्रबार र महिनाको ...

Read story ↗