● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
पिङ्गबाट लडेर युवक घाईते समाचार

पिङ्गबाट लडेर युवक घाईते

दमौली खबर संवाददाता तनहुँ, माघ ७ । तनहुँको सदरमुकाम दमौलीमा पिङ्गबाट शुक्रबार बिहान ११ः३० बजे लडेर एक युवक घाईते हुनु भएको छ । बुटबल महानगरपालिका–२ का वर्ष २१ का दिनेश रसाईली घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार पाँचौ आदिवासी जनजाति तनहुँ सास्कृतिक तथा पर्यटन महोत्सवको लागि बनाईएको पिङ्ग फुकाल्ने क्रममा ...

Read story ↗
DFMNEWS
समाचार

महेन्द्र मावि गुणादीमा आज देखि निशुल्क दन्त शिविर हुँदै

दमौली खबर संवाददाता म्याग्दे, माघ ५ व्यास नगरपालिका–२ गणेशमानचोक, दमौली स्थित लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको सहयोगमा तनहुँको एक विद्यालयमा निशुल्क दन्त शिविर हुने भएको छ । म्याग्दे गाउँपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आज शिविर हुने भएको हो । पूर्व विद्यार्थी समाज महेन्द्र मावि गुणादीको आयोजना तथा निशुल्क शिविर हुने पुर्व विद्यार्थी समाजका अध्यक्ष बिकास ...

Read story ↗
DFMNEWS
समाचार

आँबुखैरेनीबासीलाई आँखा उपचारमा सहज

दमौली खबर संवाददाता आँबुखैरेनी, माघ ५ तनहुँको आबुखैरेनी गाउँपालिकावासीलाई आँखा उपचारको लागि सहज हुने भएको छ । लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र आबुखैरेनी गाउपालिकाको कार्यलयले सयुक्त रुपमा अाँबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सञ्चालन गरिने भएकोले सहज भएको हो । आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा गाउँपालिका बाट भरतपुर ...

Read story ↗
DFMNEWS
समाचार

राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालयलाई

दमौली खबर संवाददाता म्याग्दे, माघ । तनहुँको म्याग्दे गाँउपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालय,जामुनेले जितेको छ । प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड,े रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल ...

Read story ↗
DFMNEWS
समाचार

उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव शंकरराज नहर्की

दमौली खबर संवाददाता व्यास नगरपालिका १० बैरेनीमा रहेको साहाराविहिन बालवालिकाको संरक्षणका लागि स्थापित उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव भएको छ । वि.स. २०६७ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँ दमौलीमा विधिवत रुपमा स्थापित उक्त उज्यालो घरका बालवालिकाहरु भाडाको घरमा बस्दै आउनुपरेको छ । उज्यालो घरका संस्थापक अध्यक्ष सागर घिमिरे साथीभाईहरुले दिएको चन्दा सहयोगबाट भाडाको घरमा ...

Read story ↗
DFMNEWS
समाचार

बागबजारमा आगलागी हुँदा तीन पसलमा क्षति

दमौली खबर संवाददाता दमौली, ५ माघ । तनहुँको व्यास नगरपालिका–२ बागबजारमा बिहिबार दिउँसो आगलागी हुँदा तीन पसलमा क्षति पुगेको छ । एक होटल, एक कवाडी सङ्कलन र मोटरसाईकल मर्मत केन्द्रमा नोक्सान पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भईरहेको र व्यास नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका ...

Read story ↗
चोकर र दाना महंगो हुदाँ बाख्रा पालन व्यवसाय संकटमा परेको गुनासो समाचार

चोकर र दाना महंगो हुदाँ बाख्रा पालन व्यवसाय संकटमा परेको गुनासो

दमौली खबर संवाददाता दमौली । तनहुँका व्यावसायिक बाख्रा पालक कृषकहरुले चोकर, दाना र मकै महंगो हुँदा बाख्रा पालन व्यवसाय संकटमा परेको बताएका छन् । बुधबार दमौलीमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कृषकहरु सो गुनासो गर्नु भएको हो । चोकर र दाना हाल दोब्बर मंहगो भएपनि मासु भने मूल्य भने झन घटेर बेच्नु परेको ...

Read story ↗
दमौली अस्पतालको अक्सिजनको पाईपलाइन चोरी समाचार

दमौली अस्पतालको अक्सिजनको पाईपलाइन चोरी

दमौली खबर संवाददाता दमौली, माघ ३ तनहुँको सदमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पतालमा अक्सिजनको पाइप लाइन चोरी भएको छ । अस्पतालमा बन्दै गरेको सघन कक्षमा विरामीको लागि बेडमा अक्सिजन पु¥याउनको लागि जडान गरिएको तामाको पाइप लाइन चोरी भएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्रथापाले जानकारी दिनुभयो । तामा कबाडीमा बेच्ने मनसायले चोरी भएको आशंका ...

Read story ↗
DFMNEWS
समाचार

बन्ने भो म्याग्देमा चिस्यान केन्द्र

दमौली खबर संवाददाता बिबि श्रेष्ठ तरकारी र फलफूलका तनहुँको म्याग्दे गाँउपालिकाले चिस्यान केन्द्र निर्माण गर्न थालेको । म्याग्दे गाँउपालिका–३ को विरुवा मा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । यहाँ चिस्यान केन्द्र नहुँदा बीउका लागि आलु अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । चिस्यान केन्द्र निर्माण भएपछि आलुको बीउका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ...

Read story ↗
पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सव सम्पन्न  गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको मुख्यमन्त्री अधिकारीको भनाई समाचार

पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सव सम्पन्न गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको मुख्यमन्त्री अधिकारीको भनाई

दमौली खबर संवाददाता दमौली, माघ ४ गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई थप पर्यटकीय आर्कषणको केन्द्र बनाउन लागि पर्ने बताउनु भएको छ । सो कुरा मूख्यमन्त्री अधिकारीले बुधबार दमौलीमा सञ्चालित पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सवको समापन गर्दै सो कुरा बताउनुभयो । यो प्रदेश प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक रुपमा पनि धनी भएकोले ...

Read story ↗
DFMNEWS
समाचार

विद्यार्थीले विद्यालको इज्यत बढाएका छन्ः अध्यक्ष काफ्ले

दमौली खबर संवाददाता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले लगातार चौथो पटक ठुलो अन्तरले स्वर्ण पदक ल्याएर विजयी भई विद्यार्थीले विद्यालयको इज्जत बढाएको बताउनुहुन्छ । खेल मैदान अभाव हुँदा हुँदै पनि बाहिर अन्यत्र ग्राउण्डमा लगेर खेलाएर शिक्षकहरुले पनि विद्यार्थीले समय दिएकोले सफलता मिलेको अध्यक्ष काफ्लेको भनाई छ । ‘आफ्नो र आफ्नो विद्यालयको नाम सफल बनाएकोमा ...

Read story ↗
DFMNEWS
समाचार

योग भवन बनाउन पहल गर्छुः सांसद श्रेष्ठ

दमौली खबर संवाददाता दमौली, माघ १ । नेपाली कांग्रेस नेता तथा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँमा योग गर्ने भवन बनाउन पहल गर्ने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली, तनहुँले सदरमुकामा दमौली आयोजना गरेको आठौं योग कार्यक्रमलाई उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । जिल्लामा योग गर्नका लागि भवन आवश्यक ...

Read story ↗