उखु किसानकाे अाँसु

कति अाशा र रहर साँचिएकाे थियाे
कति दु:ख र कहरमा बाँचिएकाे थियाे
पटक पटक विश्वास जाँचिएकाे थियाे
हामी अाँफैलाई थाहा छैन अचेल
हामी कहिले पाे हाँसिएकाे थियाे

नब्बे कराेड लुकाएर पनि
तिमी मन फुकाएर हिडिरहेछाै
हाम्राे पसिना भुलेर दिनहुँ
उधाराेमा उखु किनिरहेछाै
छातिमा हात राखेर भन
के तिमी उधाराेमा चिनी बेच्न सक्छाै?
हामीलाई ऋणमा डुबाएर तिमी
अाफ्नाे उद्याेगकाे भाग्य लेख्न सक्छाै?
शक्तिकाे अाडमा जाेगए पनि तिमी
के हत्केलाले घाम छेक्न सक्छाै?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button