‘विधीको शासन स्थापित गर्न युवा अग्रसर हुनुपर्छ’

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यक्तिको नभई विधीको शासन चल्नुपर्ने बताएका छन् । उनले भने, ‘पश्चिमी मुलुक विधीको शासनबाट चलेकाले अग्रगामी बिकास भएको छ । हामीकहाँ विधीलाई मिचेर व्यक्तिले शासन गरेको पाईन्छ ।’ उनले शुक्लागण्डकी जेसिजको १९ औँ साधरणसभा तथा १८ औँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको शासन प्रणालीमा व्यक्ति हावी भएकाले सडकबाट आवाज उठ्न थालेको जिकिर गरे ।

अबको नेतृत्व युवा जमातले लिनुपर्ने उनको भनाई छ । ‘युवा जोश जाँगरले असल समाज निर्माण र विधीको शासन स्थापित गराउन ठुलो भुमिका निर्वाहा गर्नुपर्ने देखिन्छ’, उनले भने । कोरोनाले विश्व समुदाय आक्रन्त बनेको बेला शुक्लागण्डकी जेसिजले गरेका सामजिक कार्य प्रशंसनिय रहेको जिसस प्रमुख वाग्लेले बताए । जेसिज नेतृत्व बिकासको अभियान भएको बताउदै उनले नेतृत्व बिकास भएका युवाहरुलाई मानवताको सेवामा लाग्न आग्रह समेत गरेका छन् । दुलेगौँडास्थित होटल मिडटाउनमा भएको कार्यक्रममा बोल्दै शुक्लागण्डकी जेसिज बर्ष २००८ का अध्यक्ष समुन्द्रराम श्रेष्ठले सामाजिक सेवा जेसिजको प्रमुख उदेश्य रहेको बताए । उनले बर्ष २०२१ का लागी चयन हुने नयाँ नेतृत्वले शुक्लागण्डकी जेसिजलाई राष्ट्रियस्तरमा चिनाउन सफल हुनेमा आफु विश्वस्त रहेको जनाए ।

शुक्लागण्डकी जेसिज बर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सघाउने सबैलाई आभार व्यक्त गरे । सो अवसरमा पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा, लेखनाथ जेसिजका अध्यक्ष चिरञ्जवी न्यौपाने लगायतले बोल्दै सर्वसम्मत नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । महासचिव रमेश भुजेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यकारणी उपाध्यक्ष ईश्वर श्रेष्ठले गरेका थिए । शुक्लागण्डकी जेसिजलाई बर्ष २०२१ मा हाँक्नलाई ५ जना युवाले अध्यक्ष बन्ने ईच्छा प्रकट गरेको थिए । अध्यक्ष सल्लाहाकार समेत रहेका शिव विक, कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठ, कार्यकारणी उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेल अध्यक्षको दाबेदार थिए । यीमध्येका तीन जना अन्तिम समयमा आएर पछाडी हटेपछि शिव विक र कृष्णबहादुर श्रेष्ठको दबोदारी रह्यो । दुई जनालाई मनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि चुनावी प्रकृयामा गएको छ । यस्तै, दुई कार्यकारणी उपाध्यक्षका लागी पनि तीन जनाको दाबेदारी भएकाले चुनावी प्रकृयामा गएको छ । कार्यकारणी उपाध्यक्षमा प्रकाश विक, रमेश भण्डारी र सन्तोष श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button