एम्वुलेन्सको ठक्करबाट युवक घाइते

भानु नगरपालिका–१ सालबिसनीमा आइतबार दिउसो एम्वुलेन्सको ठक्करबाट एक युवक घाइते भएका छन् । लमजुङको भन्सारबाट तनहुँको डुम्रे तर्फ आउँदै गरेको बा.५ च ६२५८ नं.को एम्बुलेन्सले आइतबार दिउसोको समयमा पर्साजिल्ला हरैचा गाउँपालिका–४ घरभई भानु–१ बस्ने पैदल यात्री नम्मी माझीलाई ठक्कर दिएको हो ।मोती क्लिनिक डुम्रेमा सामान्य उपचारपछि घाइते माझीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहँुले अनुसार घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button