२१ परिवारलाई राहत वितरण

तनहँुको बन्दिपुर ६ साराङघाट, र व्यास नगरपालिका ६ स्याम्घामा आर्थिक रुपमा निम्न भएका २१ परिवारलाई बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहत हस्तान्तरण गरेको छ । चर्चले कोभिड १९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी २१ घरधुरीका परिवारलाई चामल, दाल, तेल, नुन, वितरण गरेको हो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका विशप गोपाल क्षेत्री, डायोसिसेन फादर सशीधर चापाई, याजक ख्रिष्टपावल तामाङ, सोही जिल्लाबाट विभिन्न मण्डलीबाट याजकहरुको उपस्थिति रहेको थियो भने स्थानीय मण्डलीका अगुवा निरज के.सी.को अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्यूघरपफाँटबाट स्थानीय समाजसेवी जंग बहादुर थापाको उपस्थित रहेको थियो ।

कार्यक्रममा विशप गोपाल क्षेत्रीले लाभग्राहीहरुलाई सम्बोधन गर्दै नोबेल कोरोनाको संक्रमणको यस्तो घडीमा हरेकले एक अर्कालाई परेको पीर मर्का बुझनु पर्ने बताए । उनले, एक अर्काको भार उठाउनुपर्छ र बिलिभर्स इस्टर्न चर्च नेपाल त्यसको भाग हुन पाएकोमा खुसी व्यक्त गरे । साथै आगामी दिनहरुमा पनि समाज सेवा र मानवसेवाको निम्ति बिलिभर्स इस्टर्न चर्च नेपाल सँधै तत्पर रहने समेत जानकारी दिए । लाभग्राहीमध्ये रतनपुर निवासी ७० वर्षीय मानबहादुर गुरुङले बिलिभर्स इस्टर्न चर्च समुदायले निम्न स्तर तथा अति आवश्यकतामा परेकाहरुको पीर मर्का बुझी खाद्यन्न उपलब्ध गराएकोमा धन्यवाद प्रकट गरे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button