लागु औषध मुद्दामा फरार सुनार ७ महिना पछी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई ७ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. १ भादगाउँ माईलीडाँडा बस्ने २४ वर्षिय दिपक सुनार रहेको प्रहरीले जनाएको छ जिल्ला अदालत तनहँुले वि.सं.२०७६ फागुन २८ गते सुनार माथी २ बर्ष कैद र रु. एक लाख जरिवाना हुने गरी सजाय ठहर सुनाएको थियो । निज व्यक्ति १ बर्ष ७ महिना २७ दिन कैद र एक लाख जरिवाना भुक्तान गर्न बाँकी रहि फरार रहेका थिए । उनलाई प्रहरी आफनै घर बाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरि बाँकी सजायको लागि कारागार चलान गरेको छ । प्रहरीले पछिल्लो समय विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button