तनहँुका सबै स्थानिय तहमा कोरोनाका बिरामी

कोरोना संक्रमीतको संख्या घट्दै गईरहेको तनहँुका स्थानिय तहमा संक्रमीतको संख्या बढ्न थालेको छ । कोरोना संक्रमीतको संख्या मंगलबार सम्म शुन्य रहेको घिरिङ गाँउपालिकामा बुधबार तीन जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास नगरपालिकाका २ जना सहित घिरिङ गाउँपालिकाका ३ जनालाई गरि पाँच जनामा संक्रमणको पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा व्यास नगरपालिका–१ का २१ वर्षीय पुरुष, व्यास–११ का २८ वर्षीय पुरुष र घिरिङ गाउँपालिका–१ क २६ र २३ वर्षीय पुरुष तथा घिरिङ–३ का २७ वर्षीय पुरुषलाई संक्रमणको पुष्टि भएको छ । यस अघि संक्रमीतको संख्या शुन्य रहेको ऋषिङ गाँउपालिकामा पनि संक्रमीत फेला परेका थिए । संक्रमित देखिएपछि गाँउपालिकामा लकडाउन जारी गरिएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button