सम्बन्ध बिच्छेद भन्ने चलनलाई विवाह बिच्छेद भन्ने कि ?
-प्रकृती खनाल न्यौपाने
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमानै सम्बन्धलाई विश्वासको तराजुमा नाप्ने गरिन्छ जहाँ विश्वास गरिन्छ त्यहाँ सम्बन्ध मजबुत हुन्छ प्रसङ्ग वैवाहिक जीवनमा आएका अनेकौं चुनौतिहरूको सुरक्षित अवतरण नै श्रीमान् श्रीमती बीच भएको विवाह बिच्छेद हो । यसले नेपाली परिवेशमा समाजिक संरचनामा हलचलनै पारिदिने काम गर्छ तर यसको शाब्दिक प्रयोग नै कता–कता अव्यवहारिक त छैन ? छिमेकी सँग झगडा पर्छ रिस मर्दै गयपछि मिलिन्छ । दाजुभाइ सँग झगडा पर्छ आवश्यकता भएपछि मिलिन्छ ।
वैचारिक शक्ति बीच द्वन्द्व हुन्छ,,उदेश्य एकभएपछि मिलिन्छ तर जिन्दगीमा अपनत्व कायम गर्दै धेरै गोप्य आरोह र अवरोह कटाउदै आएका नेपाली समाजका श्रीमान् श्रीमती बीचको समन्ध पारपाचुकेले छुटाउन सक्छ त??? होला विवाह बिच्छेद हुन सक्छ किनकी हाम्रो संरचना पुरूषत्वले घेरेको छ पुरूषको अर्थात् श्रीमानको मात्र भन्दा पनि उसका घरपरिवार, आफन्त,बालबच्चा सबैको दायित्व महिलालाई उत्तरदायी बनाउने चलन मात्रले सम्बन्ध बिच्छेद भनिएको होला ! नत्र सामिप्यतामा बसेका मनहरूलाई लहडी वेग उत्पन्न गराई विवाह बिच्छेद गर्न बाध्य पार्ने हाम्रो समाज अनि शब्दकोषमा परिभाषा हेरेर सन्तानको खुसी लुट्ने बाबा वा आमा दुवैलाई के भन्ने?? एउटा सन्तान चाहान्छ बाबा र आमाको सम्बन्ध सुमधुर होस् बाबाको र आमाको दुवैको समन्वयात्मक संरक्षणमा हुर्किन पाउँ, तर हाम्रो बुझाई अस्त ब्यस्त छ । पछिल्लो समय सम्बन्ध विच्छेद उत्सवका रूपमा मनाउने गरिएको छ ।
उत्सवका रूपमा मनाउने सकारात्मक परम्परालाई आत्मासाथ गर्दै नाममा पनि परिवर्तन ल्याउन सके धैरै सम्बन्धहरू बिच्छेद भन्दा पनि सुमधुर हुने थिए होलान् । समन्ध समन्धित मान्छेका कारणले मात्र छुट्दैन यसलाई छुटाउन हाम्रो समाजको संरचित ढाँचामा पारिवारिक पृष्ठभूमि ,शैक्षिक वातावरण ,सन्तुलित पारिवारिक सम्बन्ध , साथीभाइ तथा आफन्त लगायत धेरै जनाको हात हुन सक्छ तर बिच्छेदको पीडा भने २ जनालाई मात्र पर्ने गर्दछ । अझै भन्ने हो भने समाजमा जसको आवाज विहिन छ,जो निरीह छ जसको वर्गीय अधिकार कुण्ठित छ उसलाई मात्र हृदयस्पर्शी पीडाबोध हुन्छ । नेपाली समाजकै कुरा गर्ने हो भने धैरै हदसम्म एउटी महिला शारीरिक र मानसिक उत्पिडनबाट शिथिल छिन् उनैलाई श्रीमान् सँग मिल्न नसकेको संज्ञा दिइन्छ अनि अर्की श्रीमती लिएर रोमाञ्चक जिन्दगी जिउने पुरूषलाई आदर र सम्मान गरिन्छ किन उसलाई नैतिकताको डोरीले बाँध्ने काम गरिंदैन किनकी उसँग अनमत्व फोहरी गुठ छ । पछिल्लो समय नेपालमा पनि लैङ्गिक चेतना प्रवाह भएको छ ।
समान भूमिकामा श्रीमान् र श्रीमती सहसम्बन्ध स्थापित गर्न चाहन्छन् । तर चलिआएको पुरूषवादी सोचले वैवाहिक सम्बन्धलाई सम्बन्धित पुरूष पात्रले भन्दा पनि अरू समाजका प्राज्ञिक भनाउँदा भ्रष्ट काला सर्पहरूले डसेर अस्तव्यस्त गराईरहेका छन् । २ मन बीचको आन्तरिक समन्धलाई छुटाउन ठुलै शक्तिको जरुरत पर्छ स्वतन्त्रता चाहानेले प्रेम नै गर्दैन भन्नु चाहिँ मुर्खता हो हाम्रो समाजको चालचलन र परम्परा भन्दै अन्धभक्त भएर कुसंस्कार मान्ने परम्परालाई त्याग्न सक्नु नै हाम्रो प्राज्ञिक उचाइ हो । त्यस्ता कुचलनलाई परिष्कार र परिमार्जन गर्न सक्नु पर्छ । राम्रो परम्परा लाई अगाडि बडाउदै समृद्ध बनाउनु पर्छ । धेरै परिवारमा आएको चेतनामूलक सहसम्बन्ध र सामाजिक गतिशीलताले पूर्णता पायोस् जैविक लिङ्ग भेदानुसार अनुसरण गर्नुपर्ने जिम्मेवारी बाहेक सबै कुरामा कामको जिम्मेवारी महसुस बनाउने नियम कानुन् बन्दै जाओस् । त्यसको पूर्ण कार्यन्वयन बनाउने संरचनाहरू तथा संयन्त्रहरू बड्दै जाओस्।तर मनदेखिनै भएको सम्बन्धलाई अनेक अर्थमा छुटाउन बाध्य गराउनु हाम्रो समाजको दुष्कर्म हो । नाता बिच्छेद गर्न सकिन्छ विवाह बिच्छेद गर्न सकिन्छ तर समन्ध बिच्छेद १ तर्फबाट होला तर २ तर्फबाट हुदैन त्यैसैले सम्बन्ध बिच्छेद होइन विचार र विवाह बिच्छेद भन्ने गर्याैं । साथमा नहुँदाका अभाव महसुस गर्दै सहसम्बन्ध राख्ने आँट गर्न सक्ने वातावरण को सिर्जना गर्याैं ।त्येसैले सम्बन्ध बिच्छेद होइन विवाह बिच्छेद भनौं ।