पराशर माविका विद्यार्थीहरु दुनाटपरी बुन्न सिक्दै व्यवहारिक सिप प्रदान गर्न दुना टपरी बुन्न सिकाइएको विद्यालयको भनाई
दमौली खबर संवाददाता
शंकरराज नहर्की, भदौ ३
व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा शुक्रवार छुटै माहोल थियो । विद्यार्थीहरु लहरै विद्यालयको चौरमा बसेका थिए । अगाडी पट्टी हरियो सालको पात र बाँसका मसिना सिन्का थिए । सधै जसो कापी र कलम हुने विद्यार्थीको हातमा हरियो सालको पात र मसिनो बाँसको सिन्का लिदा विद्यार्थी दङ्ग परेका थिए ।
विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक रिता भण्डारी र मृता आलेले जव टपरी र दुना बनाउने कार्यक्रम हो भनेपछि विद्यार्थीहरु खुशी भए र सिक्न थाले सालको पातबट बनाइने टपरी र दुना लगाउन। कक्षा ४ देखी १० कक्षा सम्मका छात्रछात्राहरुलाई व्यवहारिक ज्ञान दिने उदेश्यले अतिरिक्त त्रियाकलाप अन्तर्गत दुना र टपरी बनाउने विद्यालयले आयोजना गरेको विद्यालयका प्रधानध्यापक रामदत्त पौडेलले बताउनुभयो ।
पछिल्लो समय प्लाष्ट्रिक तथा कागजका प्लेटहरुले बजार ढोकेको र वातावरण समत प्रदुषण पारेकाले विद्यार्थीहरुमा व्यवहारिक ज्ञान दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको शिक्षक मञ्जु खनालले बताउनुभयो ।
अहिलेका वालवालिकाहरुले परम्परागत व्यवहारिक सिपहरु भुल्दै गएको हुनाले यस्को संरक्षण गर्न तथा बातावरणमैत्री दुना टपरी गास्ने शिप सिकाइएको विद्यालयले जनाएको छ । त्यस अवसरमा शिक्षकहरु अनिता काफ्ले, अमृता आले, रिता भण्डारी, समिक्षा थापा, डालिमाया रानाभाट रामप्यारी विक सञ्जु आले, अमृता आले लगायतले प्रशिक्षण प्रदान गरेको अतिरिक्त क्रियाकलाप संयोजक रिता भण्डारीले जानकारी दिनुभयो ।