नेपाली क्रिक्रेट टिमलाई बधाई

नेपालको खेलकुद इतिहासमा क्रिक्रेट खेलले अभूतपूर्व सफलता प्राप्त गरेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेर सबै नेपालीलाई उत्साहित बनाएको छ । सिमित स्रोत र साधनको बाबजुद नेपालले क्रिक्रेटमा छलाङ मारेर देशको गौरव बढाएको छ ।

गौरव बढाएकोमा राष्ट्रपति तथा प्रधानमन्त्री दुवैले बधाई ज्ञापन गर्नु भएको छ । नेपालले नेपालले युएईलाई डिएल मेथोडमा नौ रनले हराउँदै विश्वकप छनोट हुँदा सबै नेपालीले खुसीयाली मनाए । यो जितसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ यो भन्दा नेपालीलाई खुसीको सिमा नै छैन । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अङ्क जोड्दै तेस्रो भयो । समान खेलबाट ३३ अङ्क बनाएको युएई छैटौँ स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अङ्क जोड्दै अन्तिममा रह्यो । नेपालको जितले ३९ अङ्क बनाएको नामिबिया चौथो स्थानमा झार्न नेपाल सफल भयो । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुने बताईएको छ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । कौशल प्रदर्शन गर्दै नेपाललाई विजयी गराएर देशको स्वाभिमान र गौरव राख्न सफल भएकोमा हार्दिक बधाइ छ । जिम्बावेमा हुने विश्वकप छनोटमा उत्कृष्ट पर्दशनीको आशा नेपालीले गरेका छन् । त्यसमा पनि जित हासिल गरी सबै नेपालीलाई खुसी मनाईने अवसर प्राप्त हुनुपर्दछ । त्यसको लागि सरकारले सबै प्रकारको सहयोग गरेर खेलाडीलाई मद्धत गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button