उज्यालो घरका बालबालिकालाई लियोको वर्षभर पुग्ने शैक्षिक सामग्री सहयोग

दमौली खबर
साउन ०८, दमौली । लियो क्लब अफ तनहुँले व्यास १० बैरेनीमा रहेको अनाथालय उज्यालो घरका बालबालिकालाई वर्षभर पुग्ने शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम गरि ती सामग्री उज्यालो घरका बालबालिकालाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरि गैह्रेले बालबालिकाको उज्यालो भविष्यका लागि क्लबले गरेकी सहयोग सहनिय रहेको बताए ।

उनले भविष्यका कर्णधार बालबालिकाको पठनपाठनमा यस सहयोगले ठूलो टेवा पुग्ने बताए । उज्यालो घरमा अहिले घरमा अहिले आठ बालबालिकाले आश्रय लिइरहेका छन् । ती बालबालिका नजिकै रहेको चण्डिदेवी माविमा अध्यनरत रहेको घरका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । क्लबका अध्यक्ष मिश्रको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ तनहुँका द्वितिय उपाध्यक्ष किशोर खनाल, सचिव सरिता थापा भण्डारी, लियो क्लब अफ तनहुँका पूर्व अध्यक्ष अनिल श्रेष्ठ, गणेश थापा लगायतको उपस्थित
रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button