बिरामीलाई स्टेचरमा बोक्नु पर्ने बाध्यताको अन्त्य गरौं

दमौली खबर संवाददाता

तनहुँको व्यास नगरपालिका भन्ने बित्तिकै हरेक सुविधाबाट सम्पन्न छ भन्ने बुझिए पनि व्यवहारमा त्यस्तो छैन भन्नु प्रमाणित भएको छ । कतिपय बासिन्दालाई अझै बिरामीलाई स्टेचर तथा झोलुङ्गामा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता हुन दुःखको कुरा हो । वडा नम्बरको –६ तल्लो साँजा, माथिल्लो साँजा, सादीभञ्ज्याङका बासिन्दा बिरामी हुँदा स्टेचरमा बोक्नु पर्ने बाध्यताको अझै नहट्नु बिडम्बना हो । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र औषधी नहुँदा र ग्रामिण सडकको स्तर उन्नती नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । गर्भवती तथा अन्य बिरामीलाई स्टेचरमा राखेर व्यास नगरपालिका–८ को सत्रसय स्थित व्यास मार्गमा पु¥याउनु पर्ने बाध्यतामा त्यहाँका बासिन्दा बाध्य छन् । स्थानीय बासिन्दाल पालिकालाई पटक पटक सडकको लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्टाएकाले सडकमा मोटर गुड्न नसक्दा बिरामीलाई स्टेचरमा सिरकको खोल वा तन्नालाई बाँसमा बाँधेर बनाइएको झोलुङ्गेमा राखेर लैजानु पर्ने बाध्यता रहेको बताएकोले त्यस तर्फ गंभिर भएर सोच्नु पर्ने भएको छ ।

सडक अवरुद्द हुँदा बिरामी, सुत्केरी र चोटपटक लागेका घाइतेलाई जिल्ला अस्पताल वा अन्य अस्पतालमा लैजान स्टेचर, झोलुङ्गा वा डोको नै प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरोकारवाला निकायले तुरुन्त कदम चाल्नु पर्दछ ।

सडकमा एम्बुलेन्स चल्न सक्ने गरी स्तरउन्तती गर्न व्यास नगरपालिका लागि पर्नुपर्दछ ।

Show More

Related Articles

Check Also
Close
Back to top button