विज्ञापन

विज्ञापन
रामचन्द्र घिमिरे

केही चीज अखाद्य छन् जुन बुझी क्वाप्पै गरी भक्षण
सारै देह दुख्यो इलाज कसरी खोजूँ छुट्यो शिक्षण
मान्छे भित्र हुने उदात्त गुणमा पर्दा दिने लक्षण
जानेरै पनि बस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।१

यस्तो हाल छ दुःखको स्थिति भयो मान्छे छ आनन्दमा
जान्ने योग्य समर्थ छन् तर उनै खोक्रो हुँदै दम्भमा
फस्छन् छैन उपाय आश्रित हुने आयो नयाँ यो क्षण
जानेरै पनि फस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।२

फोटो छाप्छ मनुष्य रूप बढिया देखेँ नराम्रोसँग
भन्दै लेप अनेक लाउँछ थपी खोजेर राम्रोसँग
छोपुन्जेल मुहार लाग्छ खँदिलो बस्दैन पूरा क्षण
जानेरै पनि घस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।३

यो सञ्जाल महत्त्वपूर्ण बनियो आरामदायी स्थल
बेला बित्छ बिगार्छ काम यसले सारा भयो निस्फल
यस्तो ज्ञान बुझेर नै पनि यहाँ झुम्मिन्छ मान्छे किन
जानेरै पनि पस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।४

यस्तो पुस्तक भेटियो भुवनमा नौलो सुनौलो पल
गुज्रेको हरएकको समय भो बेकारमा निस्फल
केही छैन उपाय जान्न मन भो के गर्नु कोही भन
जानेरै पनि कस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।५

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button