खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया भानुमा

इन्सेक तनहँुको आयोजना तथा मानवअधिकार समुह भानुको संयोजनमा खाद्यको अधिकार सम्बन्धी सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रम बुधबार वडा नम्बर ९ को कार्यालय बाईसजाँगरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष निलन सन्जिवा श्रेष्ठले नगरपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखे पनि त्यसको लागि बजेट भने पर्याप्त छुट्याउन नसकिएको बताए ।

गत वर्ष नगरपालिकाले नै कृषि तथा पशु सम्बन्धी कार्यक्रम छनौट गर्दा सबै वडाका प्राथमिकतामा परेका क्षेत्र नसमेटिएको हुँदा यसै आर्थिक वर्ष देखी वडा स्तरबाट नै कार्यक्रम छनौट गर्न प्रत्येक वडालाई १५ लाख रुपैयाँ विनियोजन गरेको भएपनि प्राकृतिक विपत्तिमा परेकालाई राहत दिन उक्त रकमबाट ५ लाख रुपैयाँ काटिएको वडा अध्यक्ष श्रेष्ठले बताए । बाँकी रहेको १० लाख रुपैयाँ कृषकहरुमाझ लैजाँदा केही उपलब्धी नदेखिएको उनको भनाई थियो ।

वडा अध्यक्ष श्रेष्ठले कृषकहरु व्यसायीक हुनु पर्ने भन्दै त्यसको लागि नगरपालिबाटबाट हुने सहयोग गर्न तयार रहेको बताए । वडा-वडाका कृषि तथा पशु सेवाको प्राविधिकहरु नियुक्ती, आलुको विउमा अनुदान, प्लाष्टिक टनेल निर्माण, धानको बिउमा अनुदान, घाँसको बिउमा अनुदान, सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सन्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारीले रैथाने बालीको संरक्षण गरि जैविक विविधताको संरक्षण गरिनु पर्ने र त्यसको लागि नगरपालिकाले नीति नै बनाउनु पर्ने बताए । सो कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख प्रताप पाण्डेले भानु नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सन्चालन गरिएको बताए ।

वेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम, हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान, घाँस खेतीमा सत प्रतिशत अनुदान, भैसी पालनमा कृषकलाई आकर्षित गर्न सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सन्चालन गरिएको बताए ।

मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य प्रेमबहादुर पाण्डे, कृषक राजन थपलीया, मनबहादुर अधिकारी, मानवअधिकार समुहका सदस्यहरु सीता अधिकारी, रुक्मिणी खनाल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button